नेपाल सम्वत् ११४५, दिल्लागाः ७ (१ साउन, २०८२, १७ जुलाई, २०२५) बिहीबार, बाँपिझ्याला । साउन २३ गते प्रदर्शन हुने फिल्म ‘सिटामोल’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मुटुभित्र खिल छ हजुर’ बोलको गीत मर्मस्पर्शी छ।
सार्वजनिक गीतमा बाबुल गिरीको संगीत तथा स्वर छ। गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन्। गीतको भिडिओमा कलाकार सौगात मल्ल, बेनिशा हमालसहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित र संगीतबार बाबुल गिरी छन्।
यसै गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली सिनेमामा विशेष भूमिकामा डेब्यु गरेका हुन्। सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल र टिकटकमा हिट भएपछि निर्माण टिमले पुरा गीत सार्वजनिक गरेको हो।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा सिमोस सुनुवारको प्रस्तुति छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij