दोलखा जिल्लास्थित दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देव देवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैत्यहरुले दोलखालाई सजाएका छन् ।
मल्लकालमा डेढ सय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।
यसै गरी विकासक्रम र परिवर्तन सँग सँगै पछिल्लो चरणमा बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको मुटुमा रहेको प्राचिन, ऐतिहासिक, पुरातात्वीक, धार्मीक, साँस्कृतीक, प्राकृतिक र पर्यटकिय दृष्टिकोणले प्रसिद्ध मानिएको नगरपालीका भीमेश्वर नगरपालीका हो । जुन नगरपालीका भित्र प्रसिद्ध साक्षात भगवान दोलखा भीमेश्वर विराजमान छ । यही विराजमान रहेको भगवान भीमेश्वरको नामबाट भीमेश्वर नगरपालीकाको नाम नामाकरण गरिएको हो ।
वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, दोलखा, माटी र मकैबारी गाविसहरुलाई समावेश गरिएकोमा फेरी वि.सं. २०७३ सालमा साविक सुष्पा क्षमावती, बोच र लाकुरीडाँडा गाविसहरु थप गरी १ नं. वडादेखि ९ नं वडासम्म रहेको भीमेश्वर नगरपालीकाले समृद्ध भीमेश्वर नगरको नामले ख्याती प्राप्त गरेको छ ।
यसै गरी समृद्ध भीमेश्वर नगर भित्र विशेषतः लिच्छवीकालीन र मल्लकालिन मठ–मन्दिर, देवदेवालय, सम्पदा र साक्षात भगवान भीमेश्वर भगवानको वास अर्को तर्फ गौरीशंकरको काखमा अवस्थित रमणिय पर्यटकिय स्थानले सु–शोभित दोलखाको चम्पूजा पार्क, मञ्जुश्री पार्क, मयुरपार्क, विश्वशान्ती बुद्धपार्क, जातिय पहिचान बोकेको थामी संग्रहालय, बृन्दावन, सिमपानी, हात्तिछहरा र शिवपोखरी लगायत अन्य पर्यटकिय सम्भाव्य बोकेको स्थानहरुको रहेको छ ।
यसैगरी दोलखा, पूर्व गाउँपञ्चायत, गाविसदेखि लिएर हाल भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा सिमित भईसकेको अवस्था छ । यसमा हामीले चित्त दुखाउनु पर्ने अवस्था भने छैन । किनकी यो व्यवस्था र अवस्था परिवर्तन सं–सँगै नामपनी परिवर्तन हुर्दै आएको छ । तर जव भीमेश्वर नगरपालीकाको नामाकरणबाट वडा नं. २ दोलखा कायम भयो त्यसपछी दोलखाको मौलिक टोलहरुमा हस्तक्षेप भएको छ । टोलहरुको नाम हटाएर बिभिन्न मार्गहरु राखिएको छ ।
यसबारेमा पूर्व भीमेश्वर वडाध्यक्ष विराजमान श्रेष्ठ, नगरपालीकाका प्रमुख भरतबहादुर केसी र बर्तमान उपप्रमुख कमला बस्नेतलाई ध्यानाकर्षण गराउँदा यो राम्रो कुरा उठेको छ । यसरी टोललाई नष्ट गर्ने कार्य गर्नु हुर्दैन । यसबारेमा मार्ग राखेपनी पनी टोलको नाम समावेश गर्न पहल गर्ने बचतबद्धता भएको थियो । तर उहाँहरुको ५ बर्षेकाल त्यतीकै वित्यो । यसबारेमा केही सम्वोधन भएन ।
यसै गरी अहिलेसम्म उक्त दोलखाको मौलिक टोलहरुले पुनःजिवन प्राप्त गर्न सकेको छैन । यसै गरी अहिलेको बर्तमान नगर प्रमुख ईस्वरनारायण मानन्धरलाई पनी यसबारेमा ध्यानाकर्षण गराईएको थियो । उहाँको कार्यकालपनी दुई बर्षपुरा भई तिनबर्षमा प्रवेश गरी सक्यो यसबारेमा सायद उहाँले पनी विर्सि सक्नु भयो होला । अव चासो कस्ले लिने ? वडा नं. २ का वडाध्यक्षले, नगर उप–प्रमुखले ? नगर प्रमुखले ? अथवा हामी दोलखावासीले ?
अहिले नामाकरण भएको दोलखा भित्रको टोलहरुको नामाकरण यहाँ समावेश गरिएको छ । भीमेश्वर –२, पुर्खुचामार्ग, भीमेश्वर –२, भीमेश्वरमार्ग, भीमेश्वर –२, त्रिपुरासुन्दरी मार्ग, भीमेश्वर –२, दोलखा सिंगटी सडक, भीमेश्वर –२, राजकुल त्रिपुरासुन्दरी मार्ग, भीमेश्वर–२, त्रिपुरासुन्दरीमार्ग नामाकरण गरी केही संकेत नम्वर प्रयोग गरिएको पाईन्छ । यसबारेमा हामी सचेत दोलखावासी कोही कसैले केही चासो लिएको पाईन्दैन । आखिर किन ? हामी किन यसबारेमा केही बोल्दैनौं, देखेपनी नदेखेको जस्तो गरी हिडेका छौं । के हामी कसैलाई हाम्रो मौलीक टोलहरुको नामाकरण यथास्थितीमा होस भन्ने चाहना छैन ? यो दुःखपुर्ण वाक्य लेख्न मन नहुँदा नहुदैपनी लेख्न बाध्य भएको छु ।
प्राचिन शहर दोलखा भित्र आफ्नै मौलिक सभ्यता भएको सम्पदाको विकासले आजसम्म पनी हामीले हाम्रो दोलखा, हाम्रो गौरव भनी आफुलाई गौवान्वीत गर्ने गर्दछौं । यसै गरी दोलखामा करिव ६४ वटाभन्दा बढी टोलको नाम नामाकरण रहेको छ । तर अहिलेको मार्गको नामाकरणले यी टोलहरु लोप हुने अवस्थामा छ । यसको संरक्षणको लागि बर्तमान स्थानिय वडा प्रमुख, नगर उपप्रमुख, नगर प्रमुख समक्ष यसै लेख मार्फत संरक्षणको लागि आग्रह सहीत अनुरोध गर्दछु ।
दोलखा भित्र लेखिएका बिभिन्न मार्गसंगै टोलहरुको नामपनी उक्त बोर्डमा समावेश गर्न हार्दिक आग्रह सहीत अनुरोध गर्दछु । दोलखाको स्थानिय नेवारीभाषा बाट नामाकरण भएको यी प्राचिन सभ्यताको मौलिक टोलहरुको नाम नष्ट गर्ने अधिकार हामी कसैलाई छैन । विकासको नाममा पहिचान नष्ट गर्ने काम हामी कसैले नगरौं । यसको संरक्षण गरौं ।
टोलहरु नष्ट होला भनी कालिञ्चोक युवा क्लव दोलखाले एकताका टोलको नामाकरणसँगै स–सानो साईबोर्ड टोल टोलमा लेखी टाँसेको हामी सवैले मनन गर्नु पर्छ । तर अहिले मार्गको नाममा टोलको नाम नष्ट हुने अवस्था भएकोले मैले यहाँ जिज्ञासा मात्र राखेको हो अन्यथा नलिई दिनु पनी आग्रह गर्दछु ।
हालको भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा भित्र रहेका प्राचिन सभ्यताका मौलिक टोलहरु निम्न अनुसार रहेको छ । जुन टोलहरुको नाम भीमेश्वर नगरपालीका वडा नं. २ अन्तर्गत बिभिन्न मार्ग नामाकरण संगै लोप हुने अवस्थामा पुगेको छ ।
दुङ्गल – फेलती टोल
दुङ्गल टोल
दुङ्गल – ड्वाकु गुठी टोल
गगरलुङा – नसु टोल
थातमुल – नसु टोल
पिङ्गल टोल
पिङ्गल – छोपती टोल
कोतसाल ट्वाल
बहिर टोल
नक्छे टोल
बाहाटाडा टोल
बाहार टोल
गुरुकोट टोल
सेङ टोल
कोपान्छे टोल
चामसली टोल
चामसली डाँडा टोल
हापिचा टोल
गणेश टोल
थाँर्छे टोल
नारायणचा – राईती टोल
सित्गु टोल
श्यामसुन्दर टोल
थापन्र्छे टोल
बगरर्छे टोल
थातकोर्छे ट्वाल
ट्वाल्चा टोल
कोर्छे टोल
टसिचा टोल
ड्वाकुलुङा टोल
थातकोट टोल
बर्सीवली टोल
तारीगाउँ टोल
पाल्चुटी टोल
डोक्छे टोल टोल
डाँडाथोक टोल
कोत विहार्छे टोल
काँचती टोल
थाहा विहार्छे टोल
लिष्टोल टोल
भीमसेन थान टोल
पुरान्छे टोल
टँसीचाबाली टोल
दर्खा टोल
कालड टोल
छोवो टोल
पुर्खुचा टोल
प्वाकल्चा टोल
नामथिली टोल
पाखलती टोल
कामवली टोल
त्रिसुल्चा ट्वाल
मञ्जुश्री – मन्नेश्वरी टोल ं
दनेघर टोल
कारिपोक टोल
सिंहवन टोल
सुन्टोपर – देसिन्टोपर टोल
मनटोपर टोल
माने डाङगर टोल
तुतुरवती टोल
चोदर टोल
देउलिवी टोल
यसरी दोलखाका मौलिक टोलका नाम संकलनमा सहयोग र सल्लाह दिनुहुने महानुभावहरुका बरिष्ठ अधिवक्ता पूर्वमहान्याधिवक्ता मुक्ती प्रधान, दोलखाका संस्कृती प्रेमी भगवानदास श्रेष्ठ, सामाजिक अभियान्ताहरु देवेन्द्रनारायण प्रधान, प्रेमकृष्ण श्रेष्ठ, अजय प्रधान, महेन्द्रलाल प्रधान र ज्ञानेन्द्र प्रधानका साथै दोलखाका शुभचिन्तक महानुभावहरु हुनु हुन्छ । उहाँहरुलाई बाँपिझ्याला मिडिया र बाँपिझ्याला डटकम परिवारको तर्फबाट हार्दिक आभारका साथ धन्यवाद व्यक्त गर्दछौं । जय दोलखा भीमेश्वर ।
उपेन्द्र प्रधान, दोलखा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij