नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ११, एकादशी (२२ अषाढ, २०८२, ६ जुलाई, २०२५) आईतबार, बाँपीझ्याला । बजारमा केराको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा आइतबार केरा प्रति दर्जन थोक मूल्य न्यूनतम एक सय ३५ देखि अधिकतम एक सय ४५ रूपैयाँमा बिक्री भइरहेको छ। एक साताअघिको तुलनामा यो प्रति दर्जन पाँच रूपैयाँ महँगो हो।
गत साता आइतबार कालीमाटी बजारमा केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ३० देखि अधिकतम एक सय ४० रूपैयाँमा बिक्री भइरहेको थियो।
आपूर्तिका आधारमा केराको मूल्य घटबढ हुन्छ। बजारमा मागअनुसारको केरा आपूर्ति नभएकाले मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।
अहिले बजारमा जी–९ तथा मालभोग जातका केरा आइरहेका छन्। जी–९ को तुलनामा मालभोग केराको कोसा सानो हुने भएकाले मूल्य सस्तो समेत हुन्छ। केरामा फाइबर, भिटामिन, मिनरल्स लगायतका पौष्टिक तत्व पाइन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij