Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एलिनाले ल्याइन् तीज गीत 'पृथ्वी छोडेर'

एलिनाले ल्याइन् तीज गीत 'पृथ्वी छोडेर'

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ११, एकादशी (२२ अषाढ, २०८२, ६ जुलाई, २०२५) आईतबार, बाँपीझ्याला ।   गायिका एलिना चौहानले आफ्नै अफिसियल युट्युबमार्फत तीज गीत सार्वजनिक गरेकी छन्। 

शुक्रबार सार्वजनिक 'पृथ्वी छोडेर' बोलको उक्त गीतले यतिबेला युट्युबमा राम्रो भ्युज पाइरहेको छ। गीत युट्युबमा संगीत विधातर्फ ट्रेन्डिङमा उक्लिएको छ। 

माइत र घर, छोरी र बुहारीको कुरा गरिएको गीतमा एलिनासँगै अन्य दुई गायिकाहरू समीक्षा अधिकारी र मेलिना मैनालीको स्वर छ। 

खासगरी गीतले छोरी–बुहारी, छोरा–छोरीमा गरिने विभेद विरूद्धको आवाज बोल्छ।

गीतमा शब्द डीपी खनालको छ भने संगीत दीपक शर्माको हो। एचबिएन किस्मतले संगीत संयोजनको काम गरेका छन्। भिडिओमा एलिना, समीक्षा र मेलिना स्वयंमका साथमा स्मारिका ढकाल, रूबिना अधिकारी र टिका जैसीले नृत्य गरेका छन्।

दुर्गा पौडेल र टिमको छायांकन रहेको भिडिओ नवीन घर्ती मगरले सम्पादन गरेका छन्। भिडिओको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार