Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

`माछा खोलीमा´ सार्वजनिक

`माछा खोलीमा´ सार्वजनिक

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः १०, दशमी, (२१ अषाढ, २०८२, ५ जुलाई, २०२५) शनिबार, बाँपीझ्याला । बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासमा केन्द्रित अनलाइन बालसंसार डटकमले ‘माछा खोलीमा’ गीत सार्वजनिक गरेको छ। गीतमा बालगायक अभय दुवाडीको स्वर छ। गीतमा संगीत संयोजन रमेश सुवेदीले गरेका हुन्।

सुवेदीको संगीतले गीतलाई बालबालिकाका लागि आकर्षक छन्। गीतमा ललिता दोषीका शब्द छन्। बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको नजिकपनलाई सरल भाषामा गीतमा उतारिएको छ। ‘माछा खोलीमा’ शीर्षक नै गीतको कथा बताउने खालको छ, जसमा खोली, माछा, पानी र खेलकुदलाई जोड्दै बालबालिकालाई प्रकृतिसँग घुलमिल हुने प्रेरणा दिन खोजिएको छ। गीतको रेकर्डिङ सारेगम म्युजिक सेन्टर रेकर्डिङ स्टुडियो भक्तपुरमा गरिएको हो।

गीत रचनाकार दोषीका अनुसार ‘माछा खोलीमा’ गीतले बालबालिकालाई गीतसङ्गीतमार्फत रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पुर्‍याउनेछ। यस गीतलाई बालसंसारको वेबसाइट र विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न र हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार