नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ८, अष्टमी, (१९ अषाढ, २०८२, ३ जुलाई, २०२५) बिहीबार, बाँपीझ्याला । बलिउड फिल्म 'रामायण' को पहिलो झलक युट्युबमा सार्वजनिक भएको छ।
रणवीर कपूरको मुख्य अभिनय रहेको फिल्मको टिमले बिहीबार एक भिडिओ ल्याउँदै कलाकारहरूको भूमिकाबारे जानकारी दिएको हो। सार्वजनिक भिडिओमा भिएफएक्सको प्रयोग ज्यादा छ। भिएफएक्समार्फत पात्रहरूको लुक्स देखाउँदै भूमिकाबारे जानकारी दिइएको छ।
यो फिल्ममा रणवीर कपूरले रामको भूमिका निर्वाह गरेका छन्। यशले रावणको भूमिका यशले निर्वाह गरेका छन्। सीताको भूमिकामा साई पल्लवी छिन्। हनुमानको शक्तिशाली भूमिकामा सनी देओल छन् भने रवि दुबेले रामका वफादार भाइ लक्ष्मणको भूमिका निर्वाह गरेका छन्।
यो पाँच हजार वर्ष पुरानो गाथालाई अहिलेसम्म बनेको सबैभन्दा ठूलो स्तरको बलिउड फिल्मको रूपमा वर्णन गरिएको छ। यस फिल्मको लागि हलिउड र भारतका प्रसिद्ध कलाकार र प्राविधिकहरू ठूलो साझेदारीमा एकसाथ आउँदैछन्।
नितेश तिवारीद्वारा निर्देशित 'रामायण' नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र ८ पटकको ओस्कर विजेता डिनेग स्टुडिहोले यशको 'मोन्स्टर माइन्ड क्रिएसन्स' सँगको सहकार्यमा निर्माण गरेको हो।
फिल्मको बजेट ८ सय ३५ करोड बताइएको छ। दुई भागमा निर्माण गरिएको ‘रामायण’ को पहिलो भाग २०२६ को दिपावलीमा र दोस्रो भाग २०२७ को दिपावलीमा विश्वव्यापी रूपमा रिलिज गरिने घोषणा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij