नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ८, अष्टमी, (१९ अषाढ, २०८२, ३ जुलाई, २०२५) बिहीबार, बाँपीझ्याला । तरकारीमा नगरपालिकाले निकासी कर लगाएको विरोधमा सर्लाहीको लालबन्दीमा किसानले चक्काजाम गरेका छन् । बिहीबार बिहानदेखि पूर्वपश्चिम राजमार्गमा किसानले चक्काजाम गरेका हुन् ।
ताजा तरकारी, फलफूल थोक बजार व्यवसायी संघले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । सोही निर्णय बमोजिम बिहीबार बिहान किसानले थोक बजारमा बिक्री गर्न ल्याएको तरकारी व्यापारीले खरिद गरेनन् ।
नगरपालिकाले लगाएको करको विरोधमा व्यापारीले तरकारी खरिद नगरेपछि किसानले लालबन्दी–७ स्थित तरकारी बजार अगाडि पूर्वपश्चिम राजमार्गमै तरकारी राखेर चक्काजाम गरिरहेका हुन् । व्यापारीले तरकारी खरिद नगरेपछि टाढाटाढाबाट तरकारी बिक्री गर्न आएका किसान अलपत्र परेका छन् ।
संघका अध्यक्ष दरेश चौधरीले नगरपालिकाले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बताउनुभएको छ । तरकारीमा लगाइएको निकासी करका विषयमा नगरपालिकासँग समन्वय गरी चक्काजाम खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij