Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

युवा समाजसेवी विमल श्रेष्ठलाई अन्तर्राष्ट्रिय समन्वयकर्तामा मनोनयन

युवा समाजसेवी विमल श्रेष्ठलाई अन्तर्राष्ट्रिय समन्वयकर्तामा मनोनयन

नेपाल सम्वत् ११४५, तछलागाः १५, औसी, (११ अषाढ, २०८२, २५ जुन, २०२५) बुधबार, बाँपीझ्याला । भीमपुस्तकालय दोलखाले भीमेश्वर नगरपालीका वडा नं. २ तिखातल घरभई हाल अमेरीका लस एन्जलस निवासी युवा समाजसेवी विमल श्रेष्ठलाई अन्तर्राष्ट्रिय समन्वयकर्तामा मनोनयन गरिएको छ ।

भीमपुस्तकालय दोलखाको व्यवस्थापन समितीको बसेको १६औं बैठकले युवा समाजसेवी श्रेष्ठलाई मनोनयन गरिएको छ भनी व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी रत्न श्रेष्ठले बताउनु भयो । 

लामो समयदेखि समाजसेवा, सामाजिक संघ–संस्थाको अनुभव र समर्पणलाई मुल्याङ्कन गरि उक्त जिम्मेवारी तोकिएको छ भनी अध्यक्ष श्रेष्ठले बताए । यसै गरी यस कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा भीमपुस्तकालयको पहुँच पुग्ने कुरा विश्वस्त रहेको छ भनी मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

bhim.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार