Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

इजरायल–इरान संघर्ष १० औं दिन : इरानको मिसाइल उद्योगमा इजरायली आक्रमण

इजरायल–इरान संघर्ष १० औं दिन : इरानको मिसाइल उद्योगमा इजरायली आक्रमण

नेपाल सम्वत् ११४५, तछलागाः १३, त्रयोदशी (९ अषाढ, २०८२, २३ जुन, २०२५) सोमबार, बाँपीझ्याला । आज इजरायल–इरान संघर्ष १० औं दिन पनि जारी छ । इजरायली एयरफोर्सले आइतबार मध्यरात इरानको शाहरुदमा ब्यालेस्टिम मिसाइलको इन्झिन बनाउने उद्योगमा बमबारी गरेको छ ।

यो क्षेत्र इजरायलभन्दा करिब २ हजार किलोमिटर टाढा रहेको छ । यो आक्रमणमा इन्जिन बनाउने कैयौं मेसिन र अन्य सामग्रीहरु नष्ट भएका छन् । यसबाहेक इजरायलले तेहरान, केरमान्शाह र हमादानमा पनि एयर स्ट्राइक गरेको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा कुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यदि इरानमा हालको सरकार इरानका लागि फेरि महान बन्न सक्दैन भने सत्ता परिवर्तन किन नहुनुरु मेक इरान ग्रेट अगेन ।’

अमेरिकाले आइतबार ३ परमाणु केन्द्रमा आक्रमण गरेर युद्धमा सहभागिता जनाएको छ । यी केन्द्र फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । यो अप्रेशनमा ७ बी–२ स्टेल्थ बम्बर्स प्रयोग गरिएको थियो । यस्तै इरानले पनि आइतबार इजरायलमा आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार