नेपाल सम्वत् ११४५, तछलागाः ८, अष्ठमी (५ अषाढ, २०८२, १९ जुन, २०२५) बिहीबार, बाँपीझ्याला । कालिञ्चोक गाउँपालीका वडा नं. ९ माने डाँडाकी ३६ बर्षे देवीमाया थामी क्यान्सरबाट पिडित भएकी छिन् । करिव एक बर्षदेखि क्यान्सरबाट पिडित देवीमायाले उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गरेकी छिन्।
निज थामीको स्तन क्यान्सर पहिचान भएको करिब एक वर्ष भइसकेको उनका श्रीमान लाल बहादुर थामीले बताए। उनले अहिले विर अस्पतालमा किमो लिँदै आएकी छिन्। हरेक तिन सातामा किमो दिनुपर्ने र एकपटकको किमोमा ६५ हजारसम्म खर्च हुने भएकाले उपचार खर्च जुटाउनै समस्या भएको उनका श्रीमान लाल बहादुर थामीले बताए। डाक्टरका सल्लाह अनुसार श्रीमतीलाई १७ वटा किमो दिनुपर्ने र अहिले सम्म ४ वटा दिइसकेको बताए ।
अहिले आफुले कमाएको सबै पैसा श्रीमतीको उपचारमा सकिएको र अब थप उपचारका लागि आर्थिक सहयोग जुटाउन मुस्किल भएको श्रीमानको दुखेसो छ। पारिवारिक स्रोतका अनुसार स्थानीय सरकारले केही सहयोग गरेको भए पनि पर्याप्त सहयोग जुटाउन सकिएको छैन । अहिले आफ्नो श्रीमतीको जीवन रक्षा गरिदिन सबैलाई आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
देवीमाया थामीको श्रीमान् खाताको क्युआर कोर्ड:
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij