ऐतिहासिक पृष्ठभूमी :
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु तथा आफ्नै मातृभाषा, धर्म संस्कृति रहेको यस दोलखा जिल्ला नेपाल भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ ।
अर्शुवर्माको समयमा भोट संग नेपालको सम्बन्ध कायम भएको र भोट मार्फत तिब्बतसंग पनि नेपालको सम्बन्ध कायम भएको पाईन्छ । नेपाल र तिब्बत बीचको ब्यापारीक मार्ग खुलेपछि चीन र भारत बीच आवत जावत गर्ने बाटो पनि नेपाल कायम भएको पाईन्छ । मल्लकालमा डेढ शताब्दी स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।
वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले नेपाल अधिकाराज्य कै पहिलो चाँदीको सिक्का निकालिएको थियो । जुन चाँदीको सिक्का हिन्दू राज्यको सबभन्दा सुन्दर चाँदीको सिक्का रहेको थियो । यसरी आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए, जुन तथ्यलाई सावित गर्न ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु आजसम्म पनि विद्यमान रहेको छन् ।
दोलखामा किरा“तहरुले शासन गरेको र किरा“तहरुको बस्ती रहेको स्थानहरु तथा बिभिन्न देव–देवालय मठ–मन्दिरहरु रहि रहेको पाईएको छ । दोलखा भीमसेन नेपालका शाहवंशीय राजपरिवारका साथै सम्पूर्ण नेपाली जनताका आराध्य इष्टदेव हुन । यिनको पूजाआजा गर्ने स्वदेश एवं विदेशमा रहने नेपाली भक्तजनहरु, छिमेकी मुलुकमा रहने विेदेशी हिन्दु धर्मावलम्वीहरु प्रसस्त रहेका छन् ।
बिक्रम सम्वत १५३८ मा यक्षमल्लको मृत्यु पछि नेपाल उपत्ययकाको राज्य बिभाजन भई ३ स्वतन्त्र राज्यहरुमा टुक्रियो । यक्ष मल्लको शासनकालमा रहेको उपत्यकालाई “नेपाल मण्डलेश्वर” भनिन्थ्यो र तिनको सन्तानहरु आफुलाई नेपालेश्वर भनिन्थे । यस नेपाल उपत्यका भित्र राजनैतिक अस्थिरता आउदा पाल्पामा सेन राजाहरुको अस्थित्वले विशेष प्रभुत्व जमाएको थियो । बाईसी चौविसी राज्यहरु त भरखर भरखर बामे सर्ने र राज्य सिर्जना गर्ने दिशातिर अग्रसर भएका थिए । तर उपत्यकाबाट झण्डै २२ कोस पूर्व उत्तरमा पर्ने दोलखा राज्य आर्थिक सम्पन्ता र बलियो राज्यको रुपमा विकसित भएर त्यसताकाका शासक उदयदेवको पालामा “दोलखाधिपती” को आसनमा स्वतन्त्रराज्यको खडा भएको थियो ।
नेपालको इतिहास निमार्णमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनाद पश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको अथक प्रयासबाट वि.स. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखिराख्ने जमर्को स्वरुप “दोलखाको ऐतिहासिक रुपरेखा” तयार भयो ।
दोलखाको ऐतिहासिक पृष्ठभूमीलाई हेर्दा नेपालको इतिहासमा जवसम्म दोलखाको ईतिहास पुरा हुंदैन तवसम्म नेपालको ईतिहास अधुरो हुन्छ भन्ने ईतिहासकार बाबुराम आचार्यको भनाई रहेको छ । दोलखाको नामाकरणमा जस्तोसुकै किम्बदन्ती रहेतापनि ऐतिहासिक, धार्मीक एवं महत्वपुर्ण पर्यटकिय स्थलको रुपले प्रख्यात रहेको पाउँछौं । जवदेखि केन्द्रमा किराँतहरुको शासन चल्यो त्यस बेला देखिनै किराँतहरु उपनिदेश कायम गर्न आई बसेको तथ्य त्यसताकाका किराँतकालिन, मल्लकालिन मठ–मन्दिर,देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबारहरुले प्रमाणीत गरेको पाईन्छ ।
भाषाको उत्पत्तिः
द्वाल्खा नेपाल भाषाको उत्पती कसरी भयो र यो भाषा कसरी प्रयोगमा आएको छ भन्ने यथेष्ठ तथ्य सत्य अझसम्म पनि भेटिएको छैन । किम्वदन्तीमा जे जस्तो भएपनि नेपाल भाषामा सबभन्दा पुरानो भाषा द्वाल्खा नेपाल भाषालाई लिन सकिन्छ । लोककिम्वदन्ती अनुसार द्वापर युगको अन्त्यतिर पाँच पाण्डव यहाँ आई गुप्तवास बसेको भन्ने भनाई रहेकोछ र त्यसरी गुप्तवास बस्दा अरु कसैले थाहा नपाउनका लागि छुट्टै भाषा बोल्नमा प्रयोगमा ल्याएको भाषा नै अहिलेको द्वाल्खा नेपाल भाषा भन्ने रहेकोछ । तर यसको लिखित अभिलेख भने अझसम्म पनि फेला परेको छैन ।
ईतिहासमा उल्लेख भएनुसार दोलखा कहिले कान्तिपुर राज्य अन्तर्गत, कहिले भक्तपुर अन्तर्गत पदथ्यो र कहिले स्वतन्त्र राज्यको रुपमा संचालन भएको देखिन्छ । यसरी दोलखा स्वतन्त्र राज्यको रुपमा संचालन हुंदा पूर्वमा तामाकोशी, पश्चिममा सुनकोशी, उत्तरमा तिब्वतको सिमाना र दक्षिणमा सिधुलीगढीसम्म फैलिएको देखिन्छ र हालको दोलखालाई अभयपुर राज्यले चिनिन्थ्यो ।
यसरी मल्लकालिन समयमा दोलखा एक स्वतन्त्र राज्यको रुपमा संचालन हुंदा यहाँका राजा–रानी, भाइ–भारदारहरुले पनि द्वाल्खा नेपाल भाषाको प्रयोग गरेको पाईन्छ । जस्तै तुफि ग्वँस (कुचो जुङ्गे), च्वाफे ग्वँस (खरेटो जुङ्गे), हाई हाई राजा, सुई सुई डोल्मा, शहर देउ, सा स्याङ जोर, थाँतकोट आदी । नेपालको एकिकरणको सिलसिलामा दोलखाका राजाले आफ्नो छोराले पृथ्वीनारायण शाह संग मिलि दोलालघाटमा सन्धी ग¥यो भन्ने रिसले सा स्याङ जोर भन्ने खोल्सामा आफ्नो छोरालाई मारेको र यो कुरा जनताहरुले थाहा नपाओस भनी ढाकछोप गर्न त्यहाँ एउटा गाई मारेको हुनाले गाई मारेको खोल्सा अर्थात सा स्याङ जोर नामाकरण भएको भन्ने भनाई रहेकोछ । यस्तै गरी थाँतकोट भनेको त्यसताका राजाहरुको सेनाको एक मोर्चा भन्ने जनाउँदछ ।
दोलखामा पाईएका पुराना शिलापत्र, ताम्रपत्र, ताडपत्र र चिठीपत्र आदीलाई केलाएर हे¥यौ भने दोलखाको नेपाल भाषा र उपत्यकाको नेपाल भाषामा त्यति भिन्न देखिन्दैन । जस्तै उदाहरणको लागि राजा जय इन्द्रसिंहदेवको पालामा एक अभिलेखको अंशलाई उद्घृत गरिन्छ ।
“…..दिवंगत पुत्र कुसुमयात उदेशान माम अभित लक्ष्मीन् थ्व हाँथो सुवर्णमय याङ भैरब मुर्ति दयका । थो कुहुमोक दिन जुरो शुभ “पुन थव किजा हर्षमान चिता याङा जुगे ।”
त्यसै गरी ने.सं. ६८८ को सुवर्णपत्रको एक अंश “थ्वते ह्मसधा प्रमुख राजत्व समश्रवचन श्री श्री श्री देवर दर्शन ह्याय आर्दन हु कार्ज ह्यास्यनी प्रजासन थमि आदि नयाके जाथ्व के थ्व चतिवाहिकन समस्ते तोरता जुरो”
यसै गरी दोलखामा अंशवण्डा आदि सम्वन्धी पुराना कागजपत्रहरुमा पनि पाईएका छन् । ति पनि नबुझिने छैनन् । उदाहरणको लागि त्यस्तो एकपत्रको अलिकता अंश यहाँ उद्घृत गरिन्छ ।
“श्री राजत्य समुचयस अग्रस व्यहालछें श्रीलुगुदेव भाज्र्या मदनमैनत्वं पुत्र चेदराम पुत्री जलमुनी नेह्मसन अर्थस ग्राम वासादि वलीवत यीनायास श्रीलुगुदेवस्य थौते श्रीराजत्व समुचयस ग्रस ज्येष्ठ माता श्री रुपनारायणदेवस आज्ञा कास्यं पुत्र चद्र्रगम पुत्री जलमुनी नेह्मसन वलीवन्त पति चीस्यं प्रसन्न जुलङ भाषा धोते ।”
यसै गरी सिन्धुपाल्चोक जिल्लाको तौथली, दुती, लिस्तीमा पनि द्वाल्खा नेपाल भाषाको प्रयोग भएको पाउँछौ । तर केहि शब्द अर्थात वाक्यहरुमा उचारण र प्रयोगमा भिन्न पाईन्छ ।
यसरी नै नेपाल अधिराज्यको बिभिन्न जिल्ला, स्थानहरुमा नेवार समूदायको बसोवास रहेको छ । जस्तो उपत्यकाका तिन जिल्ला येँ, यल अनि खोप र द्वाल्खा बाहेक मकवानपुरको भीमफेदी, सिन्धुलीको सिन्धुलीघडी, रामेछापको बगेरी, दोलखाको ठोसे मेक्चन, नुवाकोटको दरबार क्षेत्र, धादिङको सुनौलो बजार, सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको धुलिखेल, बनेपा, बन्दीपुर, धनकुटाको पुरानो बजार, तल्लो कोप्चे, माथिल्लो कोप्चे, चैनपुर, पाल्पा आदी ठाउँहरुमा नेवार बस्ती रहको पाउँछौ ।
विशेषतः यहाँका नेवारहरुले नेपाल भाषा नै बोल्ने गरेको पाईन्छ । तर कतिपय जिल्ला एवं बस्तीहरुमा नेवार जातिहरुले नेपाल भाषाको प्रयोग भएको पाईन्दैन । किन भने कति ठाउँमा त एकठाउँबाट अर्को ठाउँमा नेवार समूदायहरु बसाई सराई भएको र जहाँ बसाई सराई हुन्छ त्यहाँ बिभिन्न जात, जातीहरु संग सम्पर्क समन्वय हुने अनि प्रायः गरी खस भाषाको प्रयोग गर्ने गरिएकोले नेपाल भाषा बोल्न कठिनाई भएको निष्कर्श रहेकोछ ।यसरी नेपाल अधिराज्य भित्र बाहिर जति पनि नेवार समूदायहरु बसोबास गरेको भएपनि उपत्यकाको नेवार जाति र द्वाल्खाको नेवार जातिले बोलेको नेपाल भाषा भन्दा अरु भिन्न भाषा नभएको भाषा बिद्हरुको भनाई रहेकोछ । यसै गरी उपत्यकाको नेपाल भाषा पुरानो अर्थात द्वाल्खाको नेपाल भाषा पुरानो भन्ने बारेमा ईतिहासकार एवं संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीले उपत्यकाको नेपाल भाषा भन्दा द्वाल्खाको नेपाल भाषा पुरानो हो भन्ने तथ्य सार्वजनिक गरी सक्नु भएको छ । यस अवस्थामा अन्य थप सत्य तथ्य अनुसन्धानको जिम्मेवारी हामीमा आएको छ ।
यसै गरी उपत्यकाको नेपाल भाषा भन्दा द्वाल्खाको नेपाल भाषा पुरानो भन्ने केहि तथ्यहरु निम्न अनुसार प्रस्तुत गरिएको छ ।
यसरी त्यसताका पाईएका बिभिन्न प्रमाणहरुको आधारले गर्दा दोलखा नेपाल भाषा र उपत्यकाको नेपाल भाषामा भिन्न छैन भन्न सकिन्छ । साथै दोलखाको नेपाल भाषा र उपत्यकाको नेपाल भाषा प्रयोगको हिसावले हेर्दा दोलखाको नेपाल भाषाबाट उपत्यकाको नेपाल भाषा अप्रभंस र बिग्रह हुंदै गएको पाईन्छ । केहि उदाहरणहरु निम्न अनुसार प्रस्तुत गरिएको छ । जस्तैः
द्वाल्खा नेपाल भाषा | उपत्यका नेपाल भाषा | खस भाषा |
लोखु | ल | पानि |
झासिन् | झाःस | आउनुस् |
काकर | कनि | मकै |
म्वार | भटमास | भटमास |
चिकन | चिकं | तेल |
हेगउ | हेगुं | रातो |
वचउ | वंचु | नीलो |
सियउ | सियु | खैरो |
हाकउ | हाकु | कालो |
त्वायौ | तुयु | सेतो |
हेङला | ह्याँ | गोल |
झागल | झांग | चरा |
पालउ | पालुं | पिरो |
न्हिनेस | निन्हि | मध्यान्ह |
खलक | खलः | समूह |
ख्वाल | ख्वाः | मुख |
नकिन | नकिः | नायिका |
सोंगु किपा | संकिपा | चलचित्र |
निभार | निभाः | सुर्य |
ख्वाल्सा | ख्वाहुसा | रुमाल |
पाउना | पाहाँ | अतिथी |
यसै गरी दोलखा नेपाल भाषा र उपत्यकाको नेपाल भाषामा समान रुप पनि पाउन् सक्छौ । केहि उदाहरण निम्न अनुसार छन् । जस्तैः
द्वाल्खा नेपाल भाषा | उपत्यका नेपाल भाषा | खस भाषा |
मा | मा | आमा |
बा | बा | बुबा |
छेँ | छेँ | घर |
जाकि | जाकि | चामल |
बजि | बजि | चिउरा |
चि चि नुन | चि चि नुन | चि चि नुन |
के के तिउन | के के तिउन | के के तिउन |
लाभा लाभा लसुन | लाभा लाभा लसुन | लाभा लाभा लसुन |
खा खा कुखुरा | खा खा कुखुरा | खा खा कुखुरा |
चिला चिला बाख्रा | चिला चिला बाख्रा | चिला चिला बाख्रा |
वÞÞा | वÞा | दाँत |
तता | तता | दिदी |
केहे | केहे | बहिनी |
ओहं | ओहं | चाँदी |
लेबु | लेबु | निबुवा |
यसै गरी दोलखा नेपाल भाषा र उपत्यकाको नेपाल भाषामा भिन्न रुप पनि पाउन् सक्छौ । केहि उदाहरण निम्न अनुसार छन् । जस्तैः
द्वाल्खा नेपाल भाषा | उपत्यका नेपाल भाषा | खस भाषा |
थोसी | ला | मासु |
डोमा | तःमाँ | आमा |
पिढी | तताःजु | भाउजु |
मुलफर्सि | भुयुफसि | कुभिण्डो |
ड्वाकुनदाङ्गु | ज्याथ | जेठाबाठा |
पकसिन् | दागिं | बोक्सी |
डोलजारी | द्वलाजि | घरज्वाई |
बाँलकु | हिसि | राम्री |
किपा | किचः | छायाँ |
दुदुबरी | कतामरि | पुतली |
कोखुर | मुखू | कोपिला |
नक्ती | नगु | तारा |
लुवन्के | लुमन्ती | सम्झना |
नास्चा | नसना | विहानी |
फस | फय् | हावा |
ओसिके | म्हसिका | परिचय |
वति | हिटि | धारा |
हाति | छु | के |
साङत | त्वास पासा | साथी |
यसै गरी द्वाल्खा नेपाल भाषा र तौथलवासीले बोल्ने नेपाल भाषामा केहि समान अर्थात भिन्न पाउन् सक्छौ । केहि उदाहरण निम्न अनुसार छन् । जस्तैः
द्वाल्खा नेपाल भाषा | तौथली नेपालभाषा | खस भाषा |
उकु | इकु | यहाँ |
स्वाँरा | बुँ | बारी |
बुँ पिबुँ खेत | बुँ पिबुँ खेत | बुँ पिबुँ खेत |
खँ खा कुरा | खँ खा कुरा | खँ खा कुरा |
बिकर भि सर्प | बिकर भि सर्प | बिकर भि सर्प |
सिनाई | सिदाई | गुन्द्रुक |
मुल | ला | बाटो |
चश्मा तईमल | चश्मा चुईमल | चश्मा लगाउनु पर्छ |
चुत्के | लेन | मुलाको साग |
पाल्का | पाच्छै | रायो साग |
उइलो | उइलो | जाउ |
ओसिन् ना | जासिन् ना | जानुस है |
गत्के सर | भिन्के सर | धेरै सिपालु |
ताप जुर | ताप छार | गर्गी भयो |
थयत सन्चङ ? | थौउत सन्चङ ? | तपाईलाई सन्चै छ ? |
चि नुर | चि ख्वातर | नुन चर्को |
भाषाको महत्व :
आफ्नो भाषा, आफ्नो मातृभुमी प्राण भन्दा प्यारो हुन्छ । जुनसुकै राष्ट्रिय, अन्तर्राष्ट्रिय भाषा सिकेपनि आफ्नो भाषा त्यतिकै महत्वपूर्ण हुन्छ । कुनै पनि जातिको आफ्नो मातृभाषा भनेको तिनिहरुको अमुल्य सम्पत्ति हो । किन भने मातृभाषाले आफ्नो जातिय पहिचान दिनुका साथै गौरब कायम गर्दछ । यसको साथ साथै भाषा एउटा आफ्नो अस्थित्वको परिचय दिलाउने बाटो पनि हो । हाम्रो देश नेपालमा धेरै जातजाति रहेका छन् भने सबै जातजातिको आ–आफ्नै भिन्ना भिन्नै भाषा, संस्कृति, कला कौशल कमै मात्र भएको पाउँछौ ।
आफ्नो भाषा, संस्कृति अनि कला हुने जाती अरु जाति भन्दा धनी हुन्छन् । यसरी विश्लेषण गरी ल्याउदा दोलखा परापुर्वककाल देखिनै अरु ठाउँ भन्दा धेरै कुराले धनी अनि सम्पन्न ठाउँ भनेर चिनिन्छ । हाम्रो भाषा अरुको भन्दा कम छैन । हाम्रो दोलखाको नेवारहरुले बोल्ने नेपाल भाषा अरु नेपाल भाषा भन्दा अगाडी पर्दछ । यसको साथ साथै दोलखाका राजा जय ईन्द्रसिंहदेव मल्लले नै नेपालमा सवभन्दा पहिले चाँदीको मोहर निकालि प्रचलनमा ल्याएको हो । यसको साक्षि ईतिहास रहको पाउँछौ ।
हुनत दोलखाका राजा जय ईन्द्रसिंह देव दोलखा राजा भएका कारणले गर्दा राजा महेन्द्र मल्लका पालाका सब भन्दा पहिला चाँदीको सिक्का प्रचलनमा आएको भनी समय समयमा सुनिन्न आएपनि यसको वास्तविकता भनेको सिक्का साक्षि भएको कारणले महेन्द्र मल्ल भन्दा पहिले दोलखाका राजा जय ईन्द्रसिंह देव भनेर हामीले किटान गरेर भन्न हिचकिचाउनु पर्ने कारण नै छैन । बरु यसलाई कसरी अगाडी सकिन्छ त्यसबारेम सोच्नु आजको आवश्यकता रहेको छ ।
हामी पहिलादेखि नै आफ्नै खुट्टामा उभि अगाडी बढ्दा बढदै नेपालको एकिकरण पछि विस्तार विस्तार पछाडी हट्दै गएका छौ । किनभने धेरै जातिय भाषाहरुलाई ओझेलमा पारी खाली खस भाषालाई मात्र राष्ट्रिय भाषाको नामाकरण गरी प्राथमिकता दिएकोले गर्दा यो अवस्था आएको हो । यसरी नै हाम्रो पूर्खाले दुःख जिलो गरी जम्मा गरेर छोडि गएको केहि पनि बाँकि नरहेको अवस्थामा मठ–मन्दिरहरु भत्किएर गई सक्यो, मुर्तिहरु चोरिएर कुल्यान भित्र मुसाहरु मात्र कुदिएको पाउँछौ । अरुले चोर्न नसकेको, भत्किएर जान नसक्ने एउटा मात्र चिज भनेको भाषा हो त्यो पनि हराएर लोप हुने अवस्थामा पुगेको छ ।
हामीले आफ्नो भाषा प्रयोगमा ल्याउन लजाउछौ, आफ्नो छोरा छोरी, नाति नातिनीहरुलाई आफ्नो मातृभाषा सिकाउन अपठ्यारो महशुष गरी हिचकिचाउँछौ । आफ्नो भाषा प्रयोग गरेमा सानो मान्छे हुन्छ भनी डराउँछौ भने नेपाली भाषाको नाउँमा खस भाषा, लगायत अंग्रेजी भाषा जानी नजानी प्रयोगमा ल्याउन खोज्छौ र आफुलाई खुव ठुलो दर्जामा राख्न खोज्छौ । तर आफ्नो मातृभाषा मात्र प्रयोगमा ल्याई अरु भाषा नसिक्ने भन्न खोजिएको होईन ।
समय परिस्थिती एवं आवश्यकता अनुसार अरु भाषा पनि सिक्ने अनि प्रयोगमा ल्याउने र आफ्नो भाषालाई पनि सं–संगै सिक्ने सिकाउने मात्र भन्न खोजिएको हो । यसरी आजको दिनमा हामिले भोलीको दिनको बिचार नगरी खाली अरुको देशमा, भाषामा अनि संस्कृतिमा मात्र रमाउन खोज्यौ भने भोलीको दिनमा हामी आफ्नो भाषा, संस्कृति अनि परम्परामा धेरै पछि पर्ने छौ र दोलखालीको आफ्नो भन्नु केहि बाँकी रहने छैन । यसो भएको कारणले गर्दा काठमाण्डौ लगायत बिभिन्न ठाउँमा आ–आफ्नो पेशा, व्यवसाय गरी बस्ने सम्पूर्ण दोलखावासीहरुले एकचोटी चिसो दिमागले सोच्ने बेला आएको छ । फलतः बिचार गरौ ।
हामी पहिले पनि कोहि भन्दा पछि छैन, अहिले पनि पछि छैन । दोलखा नेपालको ईतिहासमा अगाडी नै छ । हाम्रो भाषा अगाडी छ । आजभोली यहि सम्पत्ति लाई जोगाई राख्न हाम्रो कर्तव्य अनि दायित्व हुन आएको छ । यसरी जिम्मेवारी, कर्तव्य अनि दायित्व स्विकार गर्नेहरुको खाँचो महशुष गरिएको छ । खाएको थालमा चुठ्ने प्रविधि भएका व्यक्तिहरुले दोलखा, दोलखाको भाषा अनि संस्कृतिलाई जे जस्तो भनेता पनि दोलखा अनि दोलखालाई मायाँ गर्ने सम्पूर्ण दोलखालीहरुले मायाँ गरौ, गरी बसौ र हाम्रो पूर्खाहरुले हामीलाई छोडेर गएको सम्पती हामीले आफ्नो छोरा नातिलाई छोडेर जाऔ । यहि कारणले अहिले जति हामी संग छ त्यसलाई संरक्षण गरौं प्रयोगमा आउन छोडेका बोलीलाई खोजी खोजी प्रयोगमा ल्याउनु नै आजको आवश्यकता रहेको महशुष
गरिएको छ ।
भाषाको बिकास क्रम
दोलखाली नेपाल भाषामा करिव ३ दशक कुनै लिखित साहित्य भेटिएको छैन । यस्तो हुंदा हुंदै पनि मल्लकालिन शासनकालमा बिभिन्न ताम्रापत्र, शिलापत्र अनि भोजपत्रहरु प्रशस्त भेटिएका छन् । त्यसै गरी अलिखित दोलखाको नेपाल भाषाबाट भजन, गित, लोककथा भने अझै जिवितै पाइएको छ । तर ३ दशकको बिचमा निम्न अनुसारको लेख, रचना, कथा, कविताहरु प्रकाशनमा आउनुका साथै बिभिन्न समयमा दोलखा भाषामा गोष्ठि, अन्र्तक्रिया कार्यक्रम अनि विद्यावारिधि गर्ने महानुभावहरु निस्कि सकेका छन् ।
दोलखा नेपाल भाषामा प्रकाशित पत्र–पत्रिका तथा लेख रचनाहरु
वि.सं. २०३१ सालमा प्रकाशित दोलखाको ऐतिहासिक रुपरेखामा अमर कुमार प्रधानद्वारा लिखित राजकुमारी कस्को ? (राजकुमारी गुने ?) ।
वि.सं. २०३१ सालमा विद्यार्थी जागरण मञ्चमा श्री तिर्थनारायण जोशीद्वारा लिखित एक एक थोपा मिलि सागर बन्छ । (थिटिक थिटिक मिलई जुयन सागर बनई जुर)
वि.सं. २०३५ सालमा चुडामणी बन्धु, रामप्रसाद र दैवज्ञराज न्यौपानेहरुले दोलखा नेपाल भाषाको भाषा सर्भेक्षण गरी त्रिभुवन विश्व विद्यालयमा प्रतिवेदन
प्रस्तुत ।
वि.सं. २०३८ सालमा दोलखा सन्देशमा यकु श्रेष्ठद्वारा अनुवादन गरिएको जिवनको स्वागत
(जिवनय स्वागत)
वि.सं. २०४१ सालमा अमरकुमार प्रधानद्वारा अनुवादन गरिएको दुई तीन वटा क्यान्भासको घेराभित्र (निस्कु, स्वकु क्यान्भासय घेरा दुपान) ।
वि.सं. २०३४ सालमा पूर्णकाजि ताम्राकारले लेखेको दोलखा व येँ यानेवा भाय् ।
वि.सं. २०३५ सालमा ईन्द्रमालीले दोलखा भाषी व छुँ ।
वि.सं. २०४३ सालमा प्रेम सायमी र हरि मोहन श्रेष्ठको संयुक्त प्रयासमा दोलखा नेपाल भाषामा दोलखाको नेपाल भाषा संग्रह प्रकाशन ।
वि.सं. २०४७ सालमा यज्ञकुमार प्रधानद्वारा दोलखाली नेवारी कुरामा कुरा (द्वाल्खाय नेवारी खँ कु खँ) ।
बि.सं. २०४१ मा डा. रूद्रलक्ष्मी श्रेष्ठले दोलखा नेपाल भाषामा विद्यावारिधी प्राप्त गर्नु भयो ।
वि.सं. २०४७ सालमा डा. क्यारोल इ.जिन्नेटी–अमेरिका (क्यालिफोनीया) जिन्नेटीन ओरिगन विश्व विद्यालयबाट दोलखा भाषाको अध्ययन गरी
(A Descriptive and historical account of the Dolakha Newari Dialect) नामको किताब प्रकाशन गरेको छ । अर्थात दोलखा नेपाल भाषामा शोधपत्र तयार गरी विद्यावारिधी गर्नु भएको छ ।
महेश श्रेष्ठले लेखेको थिपुल सोउले नस्कनकु लयको गित प्रकाशन ।वि.सं. २०५३ बाट तिर्थनारायण जोशी र प्रविण प्रधानद्वारा सम्पादित अनि प्रकाशित दोलखा नेपाल भाषा पत्रिका कुल्सी मासिक पत्रिका प्रकाशन ।
वि.सं. २०५५ साल बैशाख महिनाबाट उपेन्द्र प्रधानद्वारा सम्पादित अनि प्रकाशित दोलखा नेपाल भाषा पत्रिका बाँपिझ्याला मासिक पत्रिका प्रकाशन ।
वि.सं. २०५७ सालमा द्वाल्खा नेपाल भाषा खलकको सम्पादन अनि प्रकाशनमा भाषिक अधिकारय् राष्ट्रिय घोषणा–पति नेपाल सम्वत् ११२० प्रकाशन ।
वि.सं. २०५८ सालमा ईन्दु प्रधानद्वारा दोलखाली लोकगितको संकलन, बर्गीकरण र विश्लेषण शिर्षकमा शोधपत्र तयार गरी त्रिभुवन विश्व विद्यालयमा प्रस्तुत ।
वि.सं. २०६१ भाद्र महिनाबाट यज्ञकुमार प्रधानद्वारा सम्पादित अनि प्रकाशित दोलखा नेपाल भाषा पत्रिका अभयुपर मासिक पत्रिका प्रकाशन । वि.सं. २०६४ सालबाट राष्ट्रिय दैनिकि गोरखापत्रमा पाक्षिक रुपमा दोलखा नेपाल भाषाबाट लेख, कथा, कविता प्रकाशन ।
वि.सं. २०६५ साल कार्तिक १२ गते द्वाल्खा नेपाल भाषा खलकद्वारा त्रिलोचन प्रधानको संयोजकत्वमा द्वाल्खा नेपाल भाषाबाट पहिलो पटक निकालिएको गिती क्यासेट “स्याउदाई” को विमोचन तथा प्रकाशन ।
वि.सं. २०६५ साल देखि द्वाल्खा नेपाल भाषा र नेप्लीज फेसन होमको सहयोगमा त्रिलोचन प्रधानबाट ए.वि.सि. एफ. एम. को १००.६ थोप्ला मेगाहर्जबाट द्वाल्खा नेपाल भाषाबाट कार्यक्रम संचालन ।
वि.सं. २०६६ साल जेष्ठ २३ गते द्वाल्खा नेपाल भाषा खलकको आयोजनामा दोलखा, तौथली, जेठल, दुती र लिस्तीवासी नेवार समूदाय नेपाल भाषा, नेवार समूदाय विच समन्वय गर्ने बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
वि.सं. २०६६ साल असोज १० गते युवा गायक दिपक श्रेष्ठ र विराजमान श्रेष्ठको सक्रियतामा द्वाल्खा नेपाल भाषाबाट दोश्रो पटक निकालिएको गिती क्यासेट “ईतार” को विमोचन तथा प्रकाशन ।
बि.सं २०६७ साल भाद्र ८ गते युवा कवि सोमकृष्ण श्रेष्ठद्वारा लिखित “माय् खोवी” नामको कविता संग्रह पुस्तक बिमोचन तथा प्रकाशन ।
बि.सं. २०६९ साल असोज २६ गते शुक्रबार उपेन्द्र प्रधानको सम्पादनमा द्वाल्खा नेपाल भाषा खलक र ग्रामीण सामूदायिक विकास परिषद् दोलखाको सहयोगमा द्वाल्खा नेपाल भाषा बाट प्रकाशित शव्दकोष (खँकुठी) विमोचन तथा प्रकाशन ।
वि.सं. २०७५ साल कार्तिक १६ गते शुक्रवार कालिञ्चोक युवा क्लव दोलखाको सहकार्यमा त्रिलोचन प्रधानको संयोजनमा भाग्यमानी गितको विमोचन तथा प्रकाशन ।
दोलखा नेपाल भाषामा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरु
वि.सं. २०४३ साल बैशाख २७ गते तिलिञ्चो परिवारको आयोजनामा दोलखा शहरमा दोलखा नेपाल भाषामा साहित्य, गोष्ठी सम्पन्न । जुन कार्यक्रममा काशिनाथ तमोटको उपस्थिती रहेको थियो ।
वि.सं. २०४७ साल चैत्र ९ गते प्रगतीशील समाज दोलखाको आयोजनामा ललितपुरको ईन्जीनियरिङ क्याम्पसमा आफ्नो मातृभाषालाई जोगाई राखौ भन्ने शिर्षकमा विचार गोष्ठी सम्पन्न । उक्त बिचार गोष्ठीमा डा. रुद्रलक्ष्मी श्रेष्ठले दोलखा नेवार भाय् वा येँ, यल नेवा भाय् वा भाषिका भेद अर्थात दोलखाको नेवार भाषा र काठमाण्डौं पाटनको नेवार भाषाका भेद सम्वन्धमा कार्यपत्र प्रस्तुत ।
वि.सं. २ ..अमेरीकि नागरिक क्यारोल इ जिनेटे दोलखाको नेपाल भाषा सम्वन्धमा शौधपत्र लेखी विद्यावारिधी हासिल ।
वि.सं. २०६४ असोज १७ मा काठमाण्डौंमा द्वाल्खा नेपाल भाषा खलक र बाँपिझ्याला खलकको संयुक्त आयोजनामा दोलखाली युवाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
बि.सं. २०६५ जेठ १५ गते संविधान सभाको बैठकमा दोलखा क्षेत्र नं. २ बाट ने.क.पा. माओवादीको तर्फबाट निर्बाचित संविधान सभासद् हेम श्रेष्ठबाट दोलखा नेपाल भाषाबाट सपथ ग्रहण । अन्तमा कुनै पनि भाषा भाषी, जात जातीलाई आफ्नो मातृभाषा प्राण भन्दा प्यारो हुन्छ । पेशा व्यवसायको हिसावले हामी सम्पूर्ण दोलखावासी दोलखा भित्र दोलखा बाहिर आ–आफ्नो हिसावले गरी बसेको छौ । तर भाषा संस्कृति भने हाम्रो पहिचान भएको कारणले गर्दा यसको संरक्षण अनी विकास पनि त्यतीकै जरुरत रहेको छ । त्यसकारण हामी संग खेर गईरहेको समय छ भने त्यसलाई यस अभियानमा लगाएको खण्डमा पछिका हाम्रा पुस्तालाई पनि एउटा राम्रो बाटो हुने थियो । फलतः विशेष गरी दोलखाबाट काठमाण्डौ लगायत अन्यत्र आएर आफ्नो पेशा, व्यवसाय संचालन गर्नु भएका युवा युवतीहरुले यस बारे बढी अग्रसर हुनु पर्ने बेला आएको छ यस अवसरलाई समयमै हामीले बिचार गरी अगाडी बढ्न सकेन भने भोली हामीलाई हाम्रा पछिका पिढींहरुले सराफ दिने छन् तर्सथ त्यतीबेला हामी संग पछुताउनु सिवाय अरु केहि हुने छैन ।
वास्तवमा भाषा र संस्कृती भनेको कसैले बनाएर देखाएर गर्न सक्ने होईनकी यसको आफ्नै विशेषता र महत्व रहेको हुन्छ तसर्थ हामी सम्पूर्ण दोलखावासीहरुको काँधमा एउटा ठुलो जिम्मेवारी आएको छ त्यसलाई के बाट सहयोग गर्न सक्छौ त्यसबाट सहयोग गरी भाषा र संस्कृतिको यस अभियानमा संलग्न व्यक्ति, संघ, संस्थालाई भित्र आत्मादेखि सहयोग गरौ र यसमा सहभागी हुन विशेष अनुरोध गर्दछौ । यसरी नै दोलखाली नेवार समूदायलाई आफ्नो मातृभाषा नेपाल भाषा प्यारो छ । यसको संरक्षण र सन्र्दभनको लागि सबैको सहयोग प्राप्त होस । जय द्वाल्खा नेपाल भाषा जय द्वाल्खा ।
धन्यवाद !
सन्दर्भ सामाग्री : दोलखाको ऐतिहासिक रुपरेखा २०३१, आँखाको बिभिन्न अङ्क, चिमाल, दोलखा ज्योती साथमा दोलखाबाट प्रकाशन भएको बिभिन्न मासिक, साप्ताहीक पत्र–पत्रीकाहरुबाट ।
लेख पढ्न पाइयो , धेरै खुसी लाग्यो, । यस्तै यस्तै सामग्री पस्कनु हुन्छ भने आशा तथा शुभकामना व्यक्त गर्दछु।यहाँ एउटा कुरा सच्याउन नि अनुरोध गर्दछु ।जासिन ना लाई तौथलीमा नि आउनुहोस नै हो , र जानुस भन्न्लाइ उइसिन भन्दछौ , धन्यवाद
भाजु उपेन्द्र प्रधान जु, थाैन च्वय व्दाल्खा नेपालभाषाय विकासक्रम वारेकुु लेख थन दखु वाेन्गी । घत्केउ मेहनतयाङन च्वय दउच्वन ।घत्केउ खां थुईदत । थाैन पिकाय (उठान याङ) विषय गहन दमु । जिनु अनुभवयाङ खाँ खेउ । थाैत घत्के घत्के सुभाय देछारगी ।