
नेपाल सम्वत् ११४५ चौलाथ्वः ११ (२६ चैत्र, २०८१) अप्रिल ८, २०२५ ,मंगलबार, बाँपीझ्याला ।Tata box 1
आउँदो शुक्रबारदेखि हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित 'पिताम्बर' र सौरभ चौधरीको निर्देशनमा बनेको 'कर्मा' नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन लागेका हुन्। मल्टिप्लेक्स हलहरूले यी फिल्मको एडभान्स बुकिङ खुलाइसकेका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सनले मंगलबार फिल्मको शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ।
आईएनआई सिनेमाज, विग मुभिजले पनि मंगलबार बेलुकासम्म बुकिङ खुलाइसकेको छ। मल्टिप्लेक्समा 'कर्मा' भन्दा 'पिताम्बर' ले बढी शो पाएको छ। यी दुवै फिल्ममा दर्शकले रूचाएका कलाकारहरू छन्। 'पिताम्बर' मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्ट आदि कलाकारहरूको अभिनय छ।

'कर्मा' मा विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी लगायतको अभिनय छ। 'पिताम्बर' र 'कर्मा' दुवै स्टार कलाकार भएको र एक्सन जनरामा बनेका फिल्म हुन्। सोहीकारण पनि फिल्मले कस्तो व्यापार गर्छ धेरैका लागि प्रतिक्षाको विषय छ। उसो त यसअघि चैत २९ का लागि अर्को फिल्म 'नरसिंहा अवतार' ले पनि प्रदर्शन मिति घोषणा गरेको थियो। सो फिल्म पछि हटेपछि बक्स अफिसमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल भर्सेस विपीन कार्कीबीच प्रतिस्पर्धा हुन लागेको हो।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij