नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १५ पुर्णीमा, (१ चैत्र, २०८१, १४ मार्च, २०२५) शुक्रबार, बाँपीझ्याला । प्रख्यात साहित्यकार लील बहादुर क्षेत्रीको निधन भएको छ । वहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ । सन् १९३३ मा जन्मनु भएका शिखर साधक बसाइँ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा हिजो २०८१ फागुन २९ गते गुवाहाटी, असम, भारतमा दुखद निधन भएको छ ।
“बसाइँ उपन्यास मार्फत नेपाली समाजको यथार्थ चित्रण गर्ने उहाँका अन्य कृतिहरू पनि उत्तिकै सशक्त छन् । कथा, निबन्ध, नाटक आदि विधामा उहाँको योगदान अविस्मरणीय रहनेछ ।
भारतको असममा रहेर नेपाली भाषा र साहित्यको सेवामा समर्पित क्षेत्री सम्मानित स्रष्टा हुनुहुन्थ्यो । उहाँलाई पद्मश्री, साहित्य अकादेमी पुरस्कार, तथा जगदम्बा श्री जस्ता प्रतिष्ठित सम्मानहरूले विभूषित गरिएको थियो ।
उहाँको अमूल्य योगदान सदा स्मरणीय रहनेछ । दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij