Nov 25 2026 | २०८३, मंसिर ९, गते

Nov 25 2026 | २०८३, मंसिर ९, गते

दलित सूचीमा समावेश नेवाः समुदायका ४० थर हटाउन नेवाः देय् दबूको माग

दलित सूचीमा समावेश नेवाः समुदायका ४० थर हटाउन नेवाः देय् दबूको माग

दलित सूचीमा समावेश नेवाः समुदायका ४० थर हटाउन नेवाः देय् दबूको माग

नेपाल सम्वत् ११४७, कछलाथ्वः १३, त्रयोदशी (६ मंसिर २०८३, २२ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । नेवाः देय् दबू केन्द्रीय समितिले दलित सूचीमा समावेश भएका नेवाः समुदायका ४० थर हटाउन राष्ट्रिय दलित आयोगसमक्ष माग गरेको छ। समितिका अध्यक्ष रश्मिला प्रजापतिको नेतृत्वमा गएको टोलीले राष्ट्रिय दलित आयोग, कुपण्डोल, ललितपुरमा ज्ञापनपत्र बुझाउँदै राजपत्रमा प्रकाशित दलित सूचीमा नेवाः समुदायका थर समावेश गरिएको विषयप्रति आपत्ति जनाएको हो।

नेवाः देय् दबूले नेपाल सरकारको सम्बन्धित मन्त्रालयबाट राजपत्रमा प्रकाशित दलित समुदायको थर सूचीमा नेवाः आदिवासी समुदायका विभिन्न थर समावेश भएको विषयले संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ज्ञापनपत्रमा नेवाः समुदायका ३५ भन्दा बढी थर दलित सूचीमा समावेश गरिएको उल्लेख गर्दै उक्त सूचीमा रहेका थरहरूको पुनरावलोकन गरी आवश्यक संशोधन गर्न आग्रह गरिएको छ।

समितिका अनुसार आदिवासी जनजाति आयोगद्वारा प्रकाशित सूचीकृत आदिवासी जनजाति समुदायका थर तथा नेवाः समुदायका विभिन्न थरहरू दलित आयोगको सिफारिसमा नेपाल सरकारको सम्बन्धित मन्त्रालयबाट प्रकाशित सूचनामा समावेश भएको देखिएको छ। उक्त विषयलाई सच्याउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने समितिको माग छ।

नेवाः देय् दबू केन्द्रीय समितिले दलित सूचीमा समावेश भएका नेवाः समुदायका ४० थरलाई सूचीबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाउन राष्ट्रिय दलित आयोगलाई विशेष अनुरोधसहित ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा दलित सूचीमा समावेश भएका नेवाः थरहरूमा कुचिकार, च्याम खलः, च्यामे, सुइफर, जलारी, जालन्धर, देउला, पुजारी, पोडे, उपाध्याय, कर्माचार्य, कुमाल, कोनाजु, खड्गी, खड्की, गोपाली, चित्रकार, जोगी, ताम्रकार, तुलाधर, नगरकोटी, नेवाः, प्रधान, बनेपाली, मल्ल, रजक, राजवंशी, लाखे, शाक्य, शाही, श्रेष्ठलगायतका थर उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा नेवाः देय् दबू केन्द्रीय समितिका अध्यक्ष रश्मिला प्रजपतिको हस्ताक्षर रहेको छ। समितिले सूचीमा समावेश भएका नेवाः समुदायका थरहरूको पुनरावलोकन तथा संशोधनका लागि सम्बन्धित निकायबाट आवश्यक कदम चालिने अपेक्षा व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार