नेपाल सम्वत् ११४७, कछलाथ्वः १३, त्रयोदशी (६ मंसिर २०८३, २२ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । दोलखाको पत्रकारिताको वर्तमान अवस्था, चुनौती तथा भावी सम्भावनाबारे काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखा शाखा र दोलखा पत्रकार समाज काठमाडौंको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाको पत्रकारितासँग सम्बन्धित विविध विषयमा छलफल तथा विचार आदानप्रदान गरिएको हो।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव ईश्वरीप्रसाद न्यौपानेको विशेष उपस्थिति रहेको थियो। दोलखा घर भई काठमाडौंमा विभिन्न सञ्चारमाध्यममा क्रियाशील अग्रज तथा पत्रकारहरूको सहभागिता रहेको अन्तरक्रियामा दोलखाको पत्रकारिताको विगत, वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे चर्चा गरिएको थियो।
करिब १६ जना दोलखाली पत्रकार सहभागी कार्यक्रममा पत्रकारिता क्षेत्रका अनुभव, जिल्लाको पत्रकारिताले सामना गरिरहेका समस्या, व्यावसायिक पत्रकारिताको विकास तथा आगामी दिनमा पत्रकारबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, केन्द्रीय सदस्य मनुका कुँवर, बागमती प्रदेश सचिव श्याम खतिवडा, अग्रज पत्रकार राजेन्द्र मानन्धर, लक्ष्मण खड्का, भोजराज न्यौपाने, उपेन्द्र प्रधान, चन्द्रशेखर कार्की, सुरोजङ्ग पाण्डे, ज्योति जिसी, हरि न्यौपाने, बुनु घिमिरे, सिर्जना गोले, दोलखा पत्रकार समाज काठमाडौंका अध्यक्ष ज्ञानेन्द्र कार्की तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेललगायतको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने दोलखा पत्रकार समाज काठमाडौंका अध्यक्ष ज्ञानेन्द्र कार्कीले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे प्रकाश पार्नुभएको थियो।
अन्तरक्रियाले दोलखाको पत्रकारिता क्षेत्रको अनुभव, समस्या र सम्भावनाबारे साझा संवादको अवसर प्रदान गर्नुका साथै जिल्लाका पत्रकारबीच सम्बन्ध, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij