
नेपाल सम्वत् ११४५ चिल्लाथ्वः ९ (२४ फाल्गुन, २०८१) मार्च ८, २०२५ ,शनिबार, बाँपीझ्याला ।ब्राजिलियन डिजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । शुक्रबार साँझ ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिएका हुन् । उनी विश्वकै उत्कृष्ट डिजे र्याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् । डिजे एलोक क्लबमा प्रस्तुति दिन विमान चार्टड गरेर आएका थिए । उनको नेपालमा मात्र नभइ भारतमा शो रहेकाले चार्टड गरेर आएका थिए ।
उनी रातको साढे १२ बजे स्टेजमा उक्लिए । दर्शकको आवाजले उनलाई पर्खिरहेको महसुस गराएको थियो । जब उनको प्रवेशसँगै क्लबको लाइटले घेरिए । क्लबले पहिलोपटक यो स्तरको कलाकार ल्याएको निर्देशक भुपेन कुँवरले जानकारी दिए । 'पहिलोपटक कलाकार आफैँ विमान चार्टड गरेर आएका हुन्,' उनले भने,' डिजे एलोकको प्रस्तुति हेर्न दर्शकहरू उल्लेखीय मात्रामा थिए ।' आगामी दिनमा पनि थुप्रै अन्तर्राष्ट्रिय स्तरका कलाकार ल्याउने योजना रहेको कुँवरको भनाइ छ । यो शोले नेपालमा क्लबका पारखी,संगीत रहेको र अझ बढी पर्यटन क्षेत्रमा प्रोत्साहन गर्न सक्ने बताए ।

क्लबले डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखेको थियो । यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो । सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij