
नेपाल सम्वत् ११४५, चिल्लाथ्वः ५ पञ्चमी, (२० फागुण, २०८१, ४ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने उत्पादनहरूमा कर लगाउने घोषणा आजदेखि लागु हुने बताएका छन् ।
मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ ।
चीनमा थप १० प्रतिशत कर लगाइनेछ । “मेक्सिको वा क्यानडाको लागि अब समय बाँकी छैन,” ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने । शुल्क निर्धारणको लागि सबै तयारी पूरा भएको छ । भोलि (मंगलबार)देखि लागु हुनेछन् ।”

समाचार संस्था रोयटर्सका अनुसार चीनले अमेरिकाको यो कदमको विरोध गरेको छ । बढेको कर तत्काल फिर्ता लिन माग गरेको छ । चीनको वाणिज्य मन्त्रालयले मंगलबार अमेरिकाले घातक औषधि फेन्टानिलमाथिको आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाको रूपमा प्रयोग गरिरहेको बताएको छ ।
कर लगाउने समाचारपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ । क्यानडा, मेक्सिको र चीन अमेरिकाका तीन ठूला व्यापार साझेदार हुन् । मंगलबारदेखि उनीहरूका उत्पादनहरूमा अमेरिकामा पहिलेभन्दा बढी आयात शुल्क लगाइनेछ । बीबीसी
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij