Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाका एकदर्जन संघ–संस्थाले डा. जगमान गुरुङको भनाई प्रति आपती जनाउँर्दै विज्ञप्ती जारी

दोलखाका एकदर्जन संघ–संस्थाले डा. जगमान गुरुङको भनाई प्रति आपती जनाउँर्दै विज्ञप्ती जारी

नेपाल सम्वत् ११४५, सिल्लागाः ६ षष्ठी (६ फागुण, २०८१, १८ फ्रेवअरी, २०२४) मंगलबार, बाँपीझ्याला । डा. जगमान गुरुङको भनाई प्रति आपती जनाउँर्दै दोलखाका स्थानिय १२ वटा संघ–संघले खेद व्यक्त गर्दै प्रेस विज्ञप्ती आज मंगलबार प्रेस विज्ञप्ती जारी गरिएको छ ।

डा.जगमान गुरुङले डिएनए दैनिक अनलाईन पत्रिकाबाट गत माघ १४ गते साक्षात भगवान दोलखा भीमेश्वरको बारेमा भ्रमक आधारहिन अभिव्यक्ती दिएको भन्दै यही फागुण ३ गते बसेको संघ–संस्थाको संयुक्त बसेको बैठकको निर्णय अनुसार यसरी खेद व्यक्त गर्दै विज्ञप्ती जारी गरिएको हो ।

चिरञ्जीवी मास्केद्वारा सम्पादीत आजको दैनिकमा र दिरेकलाल श्रेष्ठद्वारा सम्पादीत न्युजअफ नेपाल डटकम अनलाईन पत्रिकामा २१ माघ २०८१ मा “शैलुङमा भीमसेन तरवार शिला पुजाको तयारी” शिर्षकमा समाचार छापिएको समाचारमा किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरवार विसाएर विश्राम गरेको र हिड्ने बेला तरवार त्यहि छोडिएको भन्ने समाचार प्रकाशनमा आएको थियो ।

उक्त समाचार सँगै डा. जगमान गुरुङले दोलखाको प्रसिद्ध भीमेश्वरको दर्शन गर्न जाने दर्शनार्थीहरुले पहिले भीमसेनले तरवार छोडेको शैलुङ डाँडामा रहेको उक्त भीमसेन तरवार शिलाको दर्शन गर्दा फल प्राप्त हुन्छ” भन्ने अभिव्यक्ती प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तपाई डा. जगमान गुरुङले प्राचिन शहर दोलखामा अवस्थीत प्रसिद्ध साक्षात दोलखा भीमेश्वरको बारेमा मनलागी अभिव्यक्ती दिई भ्रामक सिर्जना गर्न खोजेकोले उक्त भनाई फिर्ता लिई निशर्र्त फिर्ता लिन यसै विज्ञप्तीद्वारा आग्रह गर्दछौं भनी संयुक्त विज्ञप्ती जारी गरिएको हो ।

यसरी प्रेस विज्ञप्ती जारी गर्ने संघ–संस्थाहरुमा द्वाल्खा गुठी, दोलखा–काठमाडौं, कालिञ्चोक युवा क्लव, दोलखा–काठमाडौं, द्वाल्खा म्यासमुचा खलक, दोलखा–काठमाडौं, बनारसी सहयोगीहातहरु, दोलखा–काठमाडौं, समकालिन एकता समाज नेपाल, दोलखा–काठमाडौं, बाँपीझ्याला डटकम परिवार, दोलखा–काठमाडौं, तिनधारा मिडिया प्रा.लि. दोलखा–काठमाडौं, छिजि द्वाल्खा डोबर, काठमाडौं, साथीको लागि साथी, दोलखा–काठमाडौं, पाठशाला समूह, दोलखा–काठमाडौं, नेवाः देय् दवु जिल्ला शाखा दोलखा र पाखलती सहयोग समिती दोलखा–काठमाडौें तथा सम्पूर्ण दोलखावासी उल्लेख रहेको छ । प्रेस विज्ञप्ती जारी गर्ने २०२६ सालदेखि हालसम्म स्थापना भएका बिभिन्न संघसंस्थाहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार