Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

नेपाल सम्वत् ११४५, सिलाथ्वः १४, चर्तुदशी (२९ माघ, २०८१, ११ फ्रेवअरी, २०२५) मंगलबार, बाँपीझ्याला । नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

नृत्य निर्देशक एंव अध्यक्ष केशव कोइरालाका अनुसार बालबालिकाहरुको प्रतिभा प्रस्फुटनको निम्ती प्रंशसनिय प्लेटफर्म भएको बताएका छन । उनले कार्यक्रममा भोटिङ र टिकेटिङको व्यवस्था नगरेको र नितान्त बालबालिकाहरुको हौसला बढाउन र आफ्नो प्रतिभा प्रस्फुटन गर्नको निम्ती काम गरेको बताएका छन ।

प्रतियोगीताको सम्पूर्ण जिम्मा निर्णयक मण्डललाई दिने र १०० प्रतिशत फेयर हुने दाबी समेत गरे ।  प्रतियोगितामा २३५ जना प्रतियोगीहरुको सहभागी रहेको थियो । नृत्य निर्देशक सुनिल गिरि र नृत्य निर्देशक रबिता मगर निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगीहरु काठमाडौ र भक्तपुरका विभिन्न स्कुलका विद्यार्थीहरु रहेका थिए ।

मेगा राउन्डको लागि छनोटमा नपरेका प्रतिस्पर्धिहरुलाई नृत्य निर्देशक केशव कोइरालाले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको मेगा राउण्ड आगामि शनिबार फागुन ३ गते गरिने आयोजकले जानकारी दिए । त्यसैगरी सेमी फाइनल र फाइनल कार्यक्रम बारे फागुन ३ गते नै जानकारी दिने कार्यक्रम निर्देशक बाबु सेन्चुरीले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रोलाई १० हजार रुपैयाँ, तेस्रोलाई ७ हजार रुपैयाँ,चौथो र पाँचौ स्थान हासिल गर्नेलाई ५/ ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजनक टिमले बताए । कार्यक्रममा अभिभावक, शिक्षक,नृत्य निर्देशक, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको आयोजक टिममा बाबु सेन्चुरी निर्देशकका रुपमा छन । त्यसैगरी अनिल भुजेल प्रबन्ध निर्देशक, बुद्ध तितुङ फाइनान्सियल डिरेक्टर,सन्देश तामाङ सह-सचिवको पदमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार