Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

आज देखि दोलखा भीमेश्वरको मुलढोका विहान ५ बजे सन्ध्याकालिन आरतीसम्म खुल्ने

आज देखि दोलखा भीमेश्वरको मुलढोका विहान ५ बजे सन्ध्याकालिन आरतीसम्म खुल्ने

नेपाल सम्वत् ११४५, सिलाथ्वः ११, एकादशी (२६ माघ, २०८१, ८ फ्रेवअरी, २०२५) शनिवार, दोलखा । आजदेखि दोलखा भीमेश्वरको मुलढोका विहान ५ बजे सन्ध्याकालिन बेलुका आरती पूजासम्म खुल्ने भएको छ ।

भीमेश्वर मन्दिरको ढोका विहान ५ बजे देखि दिउँसो २ः३० वजे राजपूजा गर्ने समय सम्म मात्र मन्दिरको मुल ढोका खुल्ला गरि सर्वसाधारणलाई दर्शन गर्ने व्यवस्था गरिएको थियो । तर राजपूजा पछी पुनः बन्द गरी बेलुका आरती गर्ने बेलामात्र खोल्ने गरिएको थियो ।

आज भीमा अवसरको अवसर पारेर विहान ५ बजेदेखि बेलुका आरती पूजा गर्ने बेलासम्म खुल्ला गर्ने निर्णय गरिएको छ भनी भीमेश्वर व्यवस्थापन समितीका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनुभ भयो ।

भक्तजन महानुभावहरुको आग्रह र सुविधालाई ध्यानमा राखी आजदेखि मुल ढोका यसरी खुल्ला गर्ने निर्णय गरिएको हो भनी सचिव श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार