
नेपाल सम्वत् ११४५ प्वहेलागाः ११ ( १२ माघ , २०८१) जनवरी २५, २०२५ , शनिबार, बाँपीझ्याला ।चलचित्र ‘जुना : एक व्यथा’ को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतले बालविवाहपछि एक युवतीले भोग्नु परेका पीडा र सङ्घर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द तथा रमेश सेन्चुरीको सङ्गीत रहेको छ । भिडियोमा चलचित्रकी मुख्य पात्र अस्मिता ढकालसहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता दीपकप्रसाद घिमिरेले चलचित्रमार्फत नेपाली समाजमा व्याप्त बालविवाह र महिला हिंसाका विकृतिलाई उजागर गर्ने उद्देश्य राखिएको बताउनुभयो । निर्देशक जीवन सेन्चुरीले यो एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र भएको उल्लेख गर्दै यसले नेपाली समाजका विभिन्न कुप्रथालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभयो । गीतको भिडियोमा बालविवाहपछि एक युवतीले श्रीमान् र सासूबाट पाउने यातनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij