Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज

अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज

नेपाल सम्वत् ११४५, प्वहेलागाः सप्तमी (८ माघ, २०८१, २१ जनवरी, २०२५) मंगलबार, बाँपीझ्याला । बलिउड अभिनेता सैफ अली खान लिलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् । सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन् ।

यसअघि करिना कपुर पति सैफ अली खान डिस्चार्ज हुनुअघि नै अस्पताल पुगेकी थिइन् । करिना कपुरले सेतो रंगको टी–सर्ट लगाएकी थिइन् । ५ दिनपछि उनका श्रीमान् सैफ अस्पतालबाट डिस्चार्ज हुने उनको अनुहारमा राहतको भाव थियो ।

चिकित्सकहरुका अनुसार सैफको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ र उनको अवस्था अहिले स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार