Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

नेपाली फिल्म 'सोल्टिनी'को छायाङ्कन सुरु

नेपाली फिल्म 'सोल्टिनी'को छायाङ्कन सुरु

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ८, अष्टमी (२३ पुष, २०८१, ७ जनवरी, २०२५) मंगलबार, बाँपीझ्याला । नेपाली फिल्म 'सोल्टिनी'को छायाङ्कन सुरु भएको छ । मङ्गलबार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ-मुहूर्त गर्दै फिल्मकाे छायाङ्कन सुरु गरिएको हो ।

३१ दिनको तालिकासहित फिल्मकाे छायाङ्कन सुरु गरिएको निर्देशक अर्जुन सुवेदीले बताए । प्रकाश सपुत, परीक्षा लिम्बु र सब्बु गुरुङले मुहूर्त शट दिए । फिल्मकाे इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ ।

फिल्ममा प्रकाश सपुत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले 'भीमसेन पोखरेल' र लिम्बुले 'दिलासा राई'को मुख्य भूमिका निभाउने घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।

समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने फिल्ममा प्रेम कथा पनि छ ।

फिल्मको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । फिल्म २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार