
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ८( २३ पुष , २०८१) जनवरी ७, २०२५ , मंगलबार, बाँपीझ्याला ।विश्व चलचित्र क्षेत्रमा ओस्कारपछिको सबैभन्दा ठुलो र प्रतिष्ठित गोल्डेन ग्लोब्स अवार्डमा अमेरिकन चलचित्र ‘दी ब्रुटालिस्ट’ ले वर्चस्व कायम गरेको छ । युद्धपछिको आप्रवासी अनुभव दर्शाउने यस चलचित्रले पाँच विधामा उत्कृष्ट अवार्ड हात पार्दै यस वर्ष हुने ओस्कारमा आफ्नो दरिलो उपस्थिति देखाउने पक्का छ । यसै गरी शल्यव्रिmयामार्फत लिङ्ग परिवर्तन गर्ने लागुऔषध कारोबारी गिरोहको मालिकको कथावस्तुमा आधारित चलचित्र ‘इमिलिया पेरेज’ ले पनि चार विधामा आफूलाई उत्कृष्ट बनाएको छ ।

८२ औँ संस्करणको अवार्डमा इमिलिया पेरेज १० वटा विधामा मनोनयनमा परेको थियो । ‘इमिलिया पेरेज’ ले उत्कृष्ट म्युजिकल÷कमेडीसहित चार विधामा अवार्ड जित्यो । ‘दी ब्रुटालिस्ट’ ले उत्कृष्ट चलचित्र (ड्रामातर्फ) सहित उत्कृष्ट अभिनेताको अवार्ड पनि हात पा¥यो । चलचित्रबाट एड्रिन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड पाउनुभयो । सोही चलचित्रबाट ब्राडी कार्बेट उत्कृष्ट निर्देशक बन्नुभयो । चलचित्र आई एम स्टिल हियरबाट फेरान्डा टोरेस उत्कृष्ट अभिनेतृ बन्न सफल हुनुभएको छ ।
जापानको सामन्ती अवस्थाको कथा भन्ने निर्देशक हुलुको ‘सोगुन’ ले टेलिभिजनको ड्रामातर्फ चार वटा पुरस्कार जित्न सफल भयो । यसै गरी नेटफ्लिक्सतर्फ म्युजिकल÷कमेडी र उत्कृष्ट गैरअङ्ग्रेजीमा इमिलिया पेरेज उत्कृष्ट चलचित्र बनेको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij