
नेपाल सम्वत् ११४४ कछलागाः १० (१० मंसिर , २०८१) नोभेम्बर २५, २०२४ , सोमबार, बाँपीझ्याला ।चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर ‘मायावी’ फागुन १४ गते रिलिज गरिन लागिएको हो । आइतबार राति पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले मायबीको रिलिज डेट घोषणा गरेको हो । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रले पटकपटक प्रदर्शन मिति परिवर्तन गर्दै आएको थियो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईंलाइ देखाइएको छ । पोस्टरमा पलका दुई र दीपिकाको एउटा तस्बिर देख्न सकिन्छ । पोस्टरमा पलको आँखामा आँशु देखिएको छ । उनी दीपिकालाई हेरेर रोहिरहेका छन् भने दीपिकाको अनुहार पनि मलिन छ । उनीहरूको मुहारले सिनेमामा पल र दीपिका प्रेमी–प्रेमिकाको भूमिकामा रहेको र बिछोडको अवस्थामा पुगेको संकेत गरेको देखिन्छ ।
‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij