Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

संस्कृती मन्त्री पाण्डे र दोलखाका सामाजिक अभियान्ता विच भेटघाट तथा छलफल

संस्कृती मन्त्री पाण्डे र दोलखाका सामाजिक अभियान्ता विच भेटघाट तथा छलफल

नेपाल सम्वत् ११४५, कछलागाः ५ (५ मंसिर, २०८१, २० नोभेम्वर, २०२४) बुधबार, बाँपिझ्याला । संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननिय बद्री पाण्डे संग प्राचिन शहर दोलखामा अवस्थित साक्षात भगवान दोलखा भीमेश्वर र साँस्कृतीक सम्पदाहरुको बारेमा छलफल भएको छ ।

यसरी मन्त्रीसँग भेटघाटको क्रममा दोलखाको नेवारी भाषा, संस्कृती, परम्परा र सम्पदाको बारेमा संक्षेपमा संस्कृति प्रेमी सामाजिक अभियान्ता शान्तकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।

छलफलको क्रममा मन्त्री पाण्डेले दोलखा पुरातात्वीक महत्वको पुरानो प्राचिन शहर भएको थाहा पाउनुका साथै अव दोलखा जानु पर्छ त्यसको लागि भीमेश्वर नगरपालीको समन्वयमा हामी दोलखा आउँछौं र प्रत्यक्ष दोलखाको सम्पदा अवलोकन गरेपछी महत्वपूर्ण शहर दोलखाको बारेमा कसरी अगाडी बढेर जान सकिन्छ सल्लाह गरेर अगाडी बढेर जाने भनी बताउनु भयो ।

आफु दोलखा जादा बागमती प्रदेश संस्कृती मन्त्री, बगिनी सम्वन्ध रहेको ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन र यस संग सम्वन्धीत अन्य व्यक्तीत्वहरुलाई आमन्त्रण गर्न समेत सल्लाह दिनु भएको थियो ।

उक्त छलफल तथा भेटघाटमा संस्कृती प्रेमी दोलखाका सामाजिक अभियान्ता शान्तकृष्ण श्रेष्ठ, बरिष्ठ कलाकार समाजसेवी मदनदास श्रेष्ठ, युवा समाजसेवी अधिवक्ता प्रविण प्रधान, नेवाः देय् दवुका केन्द्रीय सदस्य बाँपीझ्याला मिडीयाका अध्यक्ष उपेन्द्र प्रधान र दोलखाली युवा मिलन श्रेष्ठको उपस्थिती रहेको थियो ।

यसै गरी नेपालको सम्पदामा कार्यरत अनुसन्धानदाता सम्पदाविद्हरुको टोली राजन खतिवडा, रवि आचार्य, भरत महर्जन र रामहरी तिमिल्सीनाको उपस्थिती रहेको थियो । यस सम्वन्धमा दोलखाली युवा मिलन श्रेष्ठको संयोजनमा दोलखाको सम्पदाको बारेमा अध्ययन गर्न पहल भएको सम्पदाविद् राजन खतिवडाले बताउनु भयो । यसै गरी दोलखाको सम्पदा महत्वपूर्ण भएकोले हेरीटेज टुरिजममा दोलखा नम्वर वान हुन सक्ने उहाँले बताउनु भयो ।

दोलखामा दुईकिसिमको पर्यटन आउने उहाँले भन्नु हुन्छ, पहिलो दोलखाको पुरातात्वीक महत्वका सम्पदा हेर्नको लागि भने अर्को गौरीशंकर हिमाल लगायतका अन्य उच्च हिमश्रृखंला अवलोकन गर्नका लागि नेचर र हेरिटेज पर्यटक आउने बताउनु हुन्छ ।

यसरी हरेक किसिमले दोलखा महत्वपूर्ण भएकोले यसको अध्ययन गरी अनुसन्धान गरी संरक्षण गर्नुका साथै धार्मिक पर्यटकिय क्षेत्रमा थप विकास गरी अगाडी लानु पर्ने बताउनु भयो ।

https://youtu.be/Et4_bdPBymg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार