Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

कार्तिक नाच भोली २१ गते बुधबारदेखि ३० गते शुक्रवारसम्म १० दिन प्रर्दशन गर्दै

कार्तिक नाच भोली २१ गते बुधबारदेखि ३० गते शुक्रवारसम्म १० दिन प्रर्दशन गर्दै

नेपाल सम्वत् ११४५, कछलाथ्वः ४, (२० कार्तिक २०८१) ५ नोभेम्वर, २०२४, मंगलबार, बाँपीझ्याला । कार्तिक नाच संरक्षण समितीको आयोजनामा भोली कार्तिक गते २१ बुधबारदेखि ३० गते शुक्रवारसम्म कार्तिक डबली मंगलबजारमा १० दिन बेलुका बेलुका कार्तिक नाच प्रर्दशन गर्ने भएको छ ।

आज कार्तिक नाच संरक्षण समितीले एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त नाचको प्रर्दशन गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रम अनुसार २१ गतेदेखि ३० गतेसम्म साझ ७ बजेदेखि प्रर्दशन गर्ने कार्यक्रम सहीत प्रेश विज्ञप्ती जारी गरिएको छ ।

सोही अवसरमा आज वि.सं. २०८१ कार्तिक २० गते मंगलबार कार्तिक नाच संरक्षण समितीद्वारा आयोजना गरिएको नाटेश्वर (नाश्वर) पूजामा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठ, ललितपुर महानगरपालीकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारीबाट हालै गृहमन्त्रालयमा सरूवा भएका तुलसीबहादुर श्रेष्ठ, ललितपुरका महानगरपालीका जनप्रतिनिधि, प्रहरी प्रशासन प्रमुख, सामाजिक संघ–संस्था प्रतिनिधी, उद्योगपती, व्यवसायी, पत्रकार, समाजसेवी लगायत अन्य मान्यजनहरुको उपस्थिती रहेको थियो ।

कार्तिक २१ गते बुधबार, भक्त सुरदास प्याखँ
कार्तिक २२ गते विहिबार, बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ
कार्तिक २३ गते शुक्रवार, बाथः प्याखँ–कौला खिचा
कार्तिक २४ गते शनिवार, बाथः प्याखँ महामुख
कार्तिक २५ गते आईतबार, युद्द कला
कार्तिक २६ गते सोमबार, देवी प्याखँ
कार्तिक २७ गते मंगलबार, जल शयण–मधु–कटैव वध
कार्तिक २८ गते बुधबार, बराह अवतार–हिरण्याक्ष बध
कार्तिक २९ गते विहीवार, नृसिंह अवतार–हिर०याक्ष वध
कार्तिक ३० गते शुक्रवारर, वस्त्रहरण लिला ।

यसै गरी यस कार्तिक नाच संचालनको लागि ललितपुर महानगरपालीका उद्योग पर्यटन तथा संस्कृति समितीबाट रू. ३ लाख, वडा नं. ११ बाट अक्षकोषका लागि रू. ९ लाख, वडा नं. १६ बाट कार्यक्रम संचालनको लागि ५० हजार, वडा नं. १९ बाट रू. ७५ हजार, एनसेल फाण्डेशनबाट रू २ लाख, सम्झना ल्याबोरोटोरीबाट रू. ५० हजार गरी जम्मा रू. १५ लाख ७५ हजार सहयोग प्राप्त भएको जानकारी दिनु भयो ।

नाच प्रर्दशनमा समस्याः
जसमा कलाकार व्यवसायीक रुपले यस क्षेत्रमा ठाँउ दिन नसक्नु,
कलाकारहरुलाई पर्याप्त मात्रमा पारिश्रमिक दिन नसक्नुछ,
कलाकारहरु रोजगारको सिलसिलामा विदेश पलाएन हुने,
नयाँ पुस्तामा भाषागत समस्या नियमित बढ्दै गईरहेको,
सरकारी पक्षबाट पर्याप्त मात्रामा यस संस्थालाई सहयोगको कमी ।

नाचलाई दिर्घकालिन बनाउने योजना :
संस्थागत रुपमा १० दश करोडको स्थापना गर्ने
कलाकारहरुलाई व्यवसायिक रुपमा अगाडी
नयाँपुस्तालाई भाषागत रुपमा सवल बनाउन प्रशिक्षण दिने,
नाचका कलाकारहरुलाई शिक्षा क्षेत्रमा सार्वजनिक

यसरी थापना गर्न लागिएको अक्षकोष संचालनमा पूर्णता दिन सवै महानुभावहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग दिनु हुन आग्रह गरिएको ।

कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार, सञ्चार संयोजक सञ्जयशर्मा राजोपाध्यायले पत्रकारहरुको जिज्ञासामा जवाफ दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार