
नेपाल सम्वत् ११४४, कौलागाः १३ (१४ कार्तिक, २०८१) ३० अक्टोबर, २०२४, शनिवार, बाँपीझ्याला । दोलखा भीमेश्वरको कालीमन्दीर परिसरमा फाल्चा पाटी जमिन तल्ला ढलान सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा ललितपुर महानगरपालिका र भीमेश्वर नगरपालिकाको बगिनी सम्वन्ध पछि ललितपुर महानगरपालिकाको नगर प्रमुख चिरीबाबु महर्जनले दोलखा शहरको ऐतिहासिक भ्रमणका समयमा आ.व. २०७९/ ०८० मा प्राचिन शहर दोलखा स्थित भीमेश्वर मन्दिर परिसरमा फाल्चा र पाटी निर्माणका लागि भीमेश्वर नगरपालिकालाई पहिलो चरणमा रु. ३५ लाखको चेक हस्तान्तरण भएको थियो ।

सोही वर्षमा फाल्चा निर्माणका लागि दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिबाट स्थान उपलब्ध गराए पनि समिती मार्फत गर्ने कि ठेक्का लगाउने भन्ने विषयमा टुङ्गो नलाग्नु र नगरपालिकाबाट पाटीको डिजाइन स्टीमेटमा समस्या आए पछी सो आर्थिक बर्षमा योजना सम्झौता भै काम हुन सकेन ।

तर गत आ. व. २०८०/०८१ मा यस समितिको बारम्बारको ताकेता र अनुरोधमा योजना सम्झौता भै केही काम सम्पन्न भएको छ । जस अनुसार पहिलो किस्ताको लागि भीमेश्वर नगरपलिकामा अनुरोध गर्दा यस वर्ष यो शिर्षकमा नगरपालिकाको बजेटमा योजना छनौट नभएकोले भुक्तानी दिन नसकिने भने पछि त्यस वर्ष पनि योजना सम्पन्न भएको थिएन ।
आर्थिक बर्षमा सो योजना यही २०८१ साल असोज १६ गते पुनः सम्झौता भएको र त्यस पछि दशैँ शुरु भएकोले दशैँ लगतै काम शुरु गरी आज मिती २०८१ साल कार्तिक १४ गते पहिलो तलाको ढलान सम्पन्न भएको छ भनी गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनु भयो ।
ढिलै भएपनी जमिन तल्ला आज २०८१ कार्तिक १४ गते ढलान सम्पन्न भएको छ । यस कार्यमा निरन्तर प्रयासरत दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिती र अन्य सम्वन्धीत पक्षलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij