Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरमा नयाँ घण्टा प्रतिस्थापन

दोलखा भीमेश्वरमा नयाँ घण्टा प्रतिस्थापन

नेपाल सम्वत् ११४४, कौलागाः ४ (५ कार्तिक, २०८१) सोमबार, बाँपीझ्याला, दोलखा । आज सोमबार दोलखा भीमेश्वरमा नयाँ घण्टा प्रतिस्थापन गरिएको छ ।
चन्दवीर बस्न्यात क्षेत्री तथा चिफ कर्णेल दिवंगत दल बहादुर बस्नेत तथा दाजु भाइ दिवंगत बिर्ख बहादुर बस्नेत, दिवंगत नर बहादुर बस्नेतले वि.सं. १९६८ मा चढाएको ठुलो घण्टा जिर्ण भएकोले हाल सो जिर्ण भएको घण्टा यथावत राखि २ सय ३५ के.जि. को नयाँ घण्टा परिवारका सदस्यहरुको सामूहिक सहयोगबाट निर्माण गरी आज मिती २०८१ साल कार्तिक ५ गते सोमबारका दिन दोलखा भीमेश्वर मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्यतामा प्रतिस्थापन कार्यक्रम सम्पन्न गरिएको हो । यसै गरी प्रमुख अतिथहिरुमा गरुणदल गण चरिकोट प्रमुख प्र.से.ना.नी. सुरज बस्नेत, प्रहरी सेनानी युवराज क्षेत्री, दुर्गा बहादुर बस्न्यात र पूर्व एआईजीपी घिरु बस्नेत सहीत परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

घण्टा अनावरण कार्यक्रमका प्रमुख अतिथी दोलखा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र वि.सं. १९६८ मा घण्टा चढाउनु भएका दिवंगत चन्द्रवीर बस्न्यात क्षेत्रीका जेठा छोरा चिफ कमाण्डीङ कर्णेल दलबहादुर बस्न्यात, मेजर बृष बहादुर बस्न्यात, कर्णेल नरबहादुर बस्न्यातका सन्तानका तर्फबाट प्रतितिधित्व गर्नु हुने प्रमुख व्यक्ती दुर्गा बहादुर बस्न्यातज्यूको संयुक्त हातबाट भएको हो ।

यसरी परिवारहरूको सामुहिक सहयोगमा निर्माण गरिएको घण्टा नाति पुस्ता दुर्गा वहादुर बस्नेतको विशेष सक्रियतामा बनाई उक्त घण्टा यही २०८१ कार्तिक २ गते पाटन औद्योगिक क्षेत्र स्थित नेपाल ढलौट उद्योगको कारखानामा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

परिवारको तर्फबाट दोलखा भीमेश्वरमा :
श्री दलबहादुर बस्न्यातबाट वि.सं. १९६८ साल जेष्ठ महिना २९ गतेका दिन श्री परमेश्वर भिमेश्वर दोलखा मन्दिर प्रांगणको अग्रभाग दाँया तर्फ ठूलो घण्टा भक्तिपूर्वक स्थापना गरिबक्सेको थियो ।

श्री दल बहादुर बस्न्यातबाट आफ्ना बुबा श्री चन्द्रविर बस्न्यातको नाममा उक्त घण्टा चढाइ बक्सिएको हो । एक सय तेह् बर्ष गुजारी सकेको घण्टामा केही जिर्णता रहने नै भयो । तसर्थ उक्त घण्टा फेर्न आवश्यक देखि जिजुबुबा श्री चन्द्रबिर बस्न्यातका तीन छोराहरु जेठा श्री दलबहादुर बस्न्यात, माहिला श्री बिर्ष बहादुर बस्न्यात र कान्छा श्री नरबहादुर बस्न्यातका हामी सकल छोरा नाती खलक मिली पुरानै स्वरुपको नयाँ घण्टा बनाई पूनः स्थापना गरेका छौं ।
ईति सम्वत् २०८१ कार्तिक ५ सोमबार शुभम् ।

यसै गरी दोलखा जिल्लाका अन्य देवदेवालयहरुमा पनी वहाँहरुको निम्न अनुसारको योगदान रहेको छ । जस अनुसार कालिञ्चोक मन्दिरमा पाटीपौवा मन्दिर निर्माणमा नेतृत्वदायी भूमीका र घण्टा प्रतिस्थापन गरिएको छ ।
यसै गरी वि.सं. १९७७ भाद्र ४ गते चरिकोट महांकाल मन्दिर स्थित घण्टा प्रतिस्थापन गर्नुका साथै जिल्लाका अन्य धार्मीक मठ–मन्दिरमा संरक्षण सहयोग गरिएको छ भनी परिवारका सदस्य दुर्गा बहादुर बस्न्यातले बताउनु भयो । जुन कार्यको लागि दोलखावासीको अमुल्य सहयोग रहेको छ ।
यसको लागि आफु र आफ्नो परिवारको तर्फबाट हार्दिक आभार सहित कृतज्ञता व्यक्त गरिएको छ भनी बताउनु भयो ।

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले उपस्थित प्रमुख अतिथी, विशेष अतिथी र परिवारका सदस्यहरुलाई खादा र जगमाला लगाएर स्वागत गर्नु भएको थियो ।

यसै गरी कार्यसमिती सचिव राजेन्द्रनारायण श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा स्थानिय पत्रकार, संघ–संस्था प्रतिनिधी र प्रतिनिधीमुलक स्थानिय दोलखावासीहरुको उपस्थिती रहेको थियो ।

https://youtu.be/FOGJnlmdS-8

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार