Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

रिया सिंहलाई मिस युनिभर्स इन्डिया २०२४ को उपाधि

रिया सिंहलाई मिस युनिभर्स इन्डिया २०२४ को उपाधि

नेपाल सम्वत् ११४४ यंलागाः ७, (८ असोज, २०८१) मंगलबार, बाँपीझ्याला । भारतको जयपुर, राजस्थानमा आयोजित भव्य ग्रान्ड फिनालेमा १९ वर्षीया रिया सिंहले यस वर्षको मिस युनिभर्स इन्डिया २०२४ को उपाधि जितेकी छिन्।

उनी अब भारतको प्रतिनिधित्व गर्दै मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा सहभागी हुनेछिन्। ताज पहिरिँदा उत्साहित रियाले भनिन्, ‘यो उपाधि जित्न मैले धेरै मिहिनेत गरेकी छु, र मलाई थाहा छ कि म यस ताजको लागि योग्य छु।’

प्रतियोगितामा प्राञ्जल प्रिया फस्ट रनरअप र छवि वर्ग सेकेन्ड रनरअप बने। रियाले भारतले फेरि एकपटक मिस युनिभर्सको ताज जित्नेमा आफू आशावादी रहेको बताउँदै सबैको समर्थनका लागि धन्यवाद व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार