
नेपाल सम्वत् ११४४, ञलाथ्वः १२ (३० भाद्र, २०२४) आईतबार, बाँपीझ्याला । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ देखि २० गतेसम्म मंगलबार बाहेक मञ्चन हुने भएको छ ।
प्राज्ञ राजन मुकारुङले नाट्य रुपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी छिन् । स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ छन् ।
नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस बान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राई लगायतका कलाकारको अभिनय हुनेछ ।

उक्त नाटकको सञ्जीत थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन हुनेछ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको उपाध्यक्ष समेत रहेका डा. चित्र माबोको कथासंग्रह डोली भर्ना केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयमा लेखिएका १५ वटा कथा डोलीभर्नामा संग्रहित छ ।
मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij