Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्राचिन शहर दोलखाको तिन लाखे मच्छेगाउँमा प्रदर्शनी

प्राचिन शहर दोलखाको तिन लाखे मच्छेगाउँमा प्रदर्शनी

नेपाल सम्वत् ११४४, गुँलागाः १२ (१५ भाद्र, २०८१) शनिवार, बाँपीझ्याला । नेपाल सांस्कृतिक कला मन्दिर चन्दागिरीले मच्छेगाउँमा आयोजना गरिएको राष्ट्रिय लाखेनाच प्रदर्शनीमा प्राचिन शहर दोलखाको तिन वटा लाखे प्रदर्शनी गरेको छ ।

हिजो १४ गते र आज १५ गते गरी दुई दिन लाखे नाच प्रर्दशन गरिएको लाखे नाच प्रदर्शनीमा दोलखाले आज प्रदर्शनी गरिएको हो । भीमेश्वर नगरपालीका वडा नं. २ को संयोजन र बनारसी सहयोगी हातहरुको व्यवस्थापनमा लाखे नाच सहभागी भएको हो ।

आज सम्पन्न लाखे नाच प्रदर्शनीमा दोलखामा दिउँसो नचाईने जो डाकस, बेलुका नचाईने नेपाल डाकस र गुँल्ना पर्वको चौठी र पञ्चमीमा विशेष नचाईने माझिपा डाकस गरी तिन किसिमको लाखे गरिएको थियो । यसै गरी दोलखाको लाखेको बारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का पूर्व वडाध्यक्ष विराजमान श्रेष्ठले बर्णन गर्नु भएको थियो ।

यसै वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले दोलखाको लाखे नाचलाई आमन्त्रण गरि प्रदर्शन गर्ने अवसर प्रदान गरिएकोमा हार्दीक आभार सहीत धन्यवाद व्यक्त गर्नुका साथै आगामी बर्ष दोलखामा बृहत्त राष्ट्रिय लाखे नाच प्रतियोगीत गर्ने घोषणा गर्नु भएको छ ।

यसै सन्दर्भमा उक्त कार्यक्रममा भीमेश्वर नगरपालीकाका प्रमुख ईस्वरनारायण मानन्धर, बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठ, पूर्व प्रधानपञ्च देवेन्द्रनारायण प्रधान र समाजसेवी सकुना श्रेष्ठ मलेकु लगायत संघ–संस्था प्रतिनिधी तथा संस्कृती प्रेमी तिनसय भन्दा बढी दोलखावासीहरुको उपस्थिती रहेको थियो ।

यसरी मच्छेगाउँमा देखाईएको लाखे नाच प्रदर्शनीमा दोलखा, उदयपुर गाईघाट, धरान, विराटनगर, भोजपुर लगायतका जिल्लाबाट सहभागी हुन आएका थिए ।

https://www.youtube.com/watch?v=35gr7hl7b0w

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार