Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाको भैरव कुमारी जात्राको महिमा माथी प्रहार

दोलखाको भैरव कुमारी जात्राको महिमा माथी प्रहार

नेपाल सम्वत् ११४४, गुँलागाः ५ (८ भाद्र २०८१), बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखाको ऐतिहासिक महत्व रहेको भैरव कुमारी जात्रा यही भाद्र ५ गतेदेखि शुरुभई ९ गते सम्पन्न हुदैछ । यसरी आफ्नै महत्व अनी ऐतिहासिकता बोकी शुरु भएको मौलिक जात्राको आफ्नै महत्व रहेको छ । तर तान्त्रिक गुभाजु (टिलिङ टिलिङ) को अनुपस्थितिमा नै यो भैरब कुमारी जात्रा सम्पन्न हुन गईरहेको छ ।

यसले भैरवकुमारी जात्रासँगै संस्कृतीप्रेमी महानुभावहरुलाई नदेखिन्ने गरी प्रहार भएको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ । यसरी जात्रा परम्परा संचालनमा अवरोध ल्याउने जो कोहीलाई कारबाही गर्नु पर्ने माग गरेका छन् ।

“तामाकोशीको ढुङ्गा आपँ नबनेसम्म, भँगेराले एक–एक पाईला नचालेसम्म र भुटेको भटमास नउम्रेसम्म जमिनमुनि नै बस्ने“ तथा प्रत्येक वर्षमा ५ रात जमिन माथि आउन पाउने तान्त्रिक गुभाजुले गरेको बाचा (शर्त) अनुसार भैरबकुमारी जात्रा सुरु भएको मान्यता रहेको छ । यो भैरवकुमारी जात्रा अदभुत काहानीसँग जोडिएको छ ।

दोलखामा रहेका शिवभक्ति परिवारका देवगण १२ जना र बज्रचार्य परिवारबाट तान्त्रिक गुभाजु १ जना गरि १३ जनाको भैरव कुमारी जात्रामा सहभागिता संचालन हुने गरेका छन् । तर यस वर्ष भने बज्रचार्य परिवारको १ जना तान्त्रिक गुभाजुको सहभागीता भएको छैन ।

जात्रा निकाली सकेपछी भैरवकुमारी र अन्य गणहरु जानुभन्दा अगाडी (टिलिङ टिलिङ) बजाई अक्षता छम्काई भुत प्रेतहरुलाई पन्छाउने र दर्शनार्थिहरुलाई दर्शन गर्न डर त्रास नभएको भरोसा दिन भुमिका खेल्ने तान्त्रिक गुभाजु (टिलिङ टिलिङ) ले आफु सहभागी भई जिम्मेवारी पुरा गरी जात्रा संचालन हुर्दै आएको थियो । तर यो वर्ष देखि उक्त गुभाजु आउन बन्द भएको छ । यस्ले कतै दोलखाको यस रात्रीकालीन जात्रा लोप हुन सक्ने संकेत त होईन भन्ने आशय व्यक्त गरेका छन् ।

यस बाट परापुर्वकाल देखि चल्दै आएको भैरव कुमारी जात्रा प्रति रहि आएको महिमा माथि आच पुग्ने आकंलन गरिएको छ । गत वर्ष सम्म सहभागि भएको गुभाजु भने आफ्नो पेशा व्यवसायको सिलसिलामा बैदेशिक रोजगारको लागि विदेश गएको र बज्रचार्य परिवारका अन्य सदस्यहरु रहेता पनि सहभागी हुन मानेका छैनन् ।

यसले दोलखाको जात्रापर्व र सँस्कृति माथि सिमित व्यक्तिहरुको हवालीम्वाली, स्वार्थ अनुसार मुड र बोलि चलाउने र मैले दोलखामा जे भन्छु त्यहि हुन्छ भन्ने केहि व्यक्तिको अहमता, राजनितिक पहुँचको प्रभावाका कारण यसलाई सहयोग पू¥याएको देखिन्छ । हामीले हरेक क्षेत्रमा यस्तै गरी यस्ता प्रविधीलाई छोडी दियो भने यसले भोलीको दिनमा दोलखाको संस्कृतीमाथी अर्को हमला र चुनौती हुन सक्ने स्थानिय वासि एवं संस्कृतीप्रेमी कृष्ण श्रेष्ठको भनाई रहेको छ ।

यसै गरी स्थानिय निकायको ढलमली निर्णय कानुन सम्मत कारबाही नगरिएको कारण सामाजलाई निरही हुन बाध्य बनाएकोले परापुर्वकाल देखि चल्दै आएको रितिरिवाज, भाषा, सँस्कृति माथि हस्तेक्षप गर्नेहरुले प्रसय पाएको मेरो ठम्याई रहेको छ भनी युवा व्यवसायी दोलखाली समाजसेवी अजय प्रधानले आफ्नो फेसवुक सञ्जालबाट आफ्नो विचार सार्वजनिक गर्नु भएको छ ।

यसै गरी यो वर्ष गुभाजु अनुपस्थिति हुनु भनेको भैरब कुमारी जात्रा लोप गराउने पहिलो प्रयास भएको हुदाँ तुरुन्त छानिविन गरि दोलखाको सँस्कृति माथि प्रहार गर्ने जो सुकैलाई पनि आवश्यक कारबाही होस् भनि सम्बन्धित निकाय, सरोकारवाला, संस्कृति प्रेमि, ईतिहासिविद, राजनितिक दल, सम्पुर्ण दोलखाबासिलाई हार्दिक अनुरोध सहीत आग्रह प्रधानले गरेको छ ।

समय सान्दर्भिक अनुसार यस बिषयलाई विशेषतः दोलखावासी अनी स्थानिय निकाय र नेपाली जनताहरुलाई जानकारी गराई संस्कृती माथीको हस्तक्षेप रोक्न कदम चाल्न सहयोग पुगोस् भनी यो समाचार सम्प्रेषण गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार