
दोलखा भीमेश्वरमा नेपाल सम्वत् ११४४, गुँलाथ्वः दशमी (३१ साउन, २०८१) बिहीबार, बाँपीझ्याला, दोलखा । नेपालमा शान्तिको कामना सहित “कोरा क्षमापुजा“ को लागि नेपालीमुलका चर्चित हिन्दु धर्मगुरू १००८ बाबा कालीदास, “कालिबाबा“ दोलखा आउने भएका छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको विशेष निमन्त्रणामा आरोध्यदेव भगवान श्री भीमेश्वर मन्दिरमा भाद्र १ गते दिनको १२ बजे विश्व धार्मिक शान्तिदुतबाट सम्मानित कालिबाबा लगायत भारतीय जगदगुरू, सन्तमहात्महरू र धार्मिक विशिष्ट व्यक्तिहरूको सहभागीतामा उक्त कोरा क्षमा पूजा हुन लागेको छ भनी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

२०८१ साल साउन ५ गते भीमेश्वरको शिलामा शनिबार दिउँसो १ः४७ बाट पसिना आउन सुरु भएर ३ः५१ मा रोकिएको थियो । लगतै ३ः५१ पछि एकैछिन रोकिएर फेरि आउन सुरु गरेको पसिना ४ः१५ मा रोकिएको थियो । यसै गरी एक हप्ता नपुग्दै २०८१ साल साउन ९ गते बुधबार पनि दिउँसो १२ः४५ देखि ३ः१५ सम्म पसिना आएको थियो ।
यसरी दोलखा भीमेश्वरमा एक हप्ताभित्र नै तीन पटक पसिना आएपछि संकट टार्नका लागि राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित साउन ११ गते शुक्रबार ८ः३० मा राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्री र जनताको तर्फबाट क्षमा पूजा गरिएको थियो ।
भारतीय जगदगुरू, सन्तमहात्महरू र धार्मिक विशिष्ट व्यक्तिहरूको सहभागीतामा यसरी कोरा क्षमा पूजा हुन लागेको यो पहिलो चोटी हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij