Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बनारसी सहयोगी हातहरुको संयोजनमा भाद्र ३ मा दोलखा जान बस रिजर्भ

बनारसी सहयोगी हातहरुको संयोजनमा भाद्र ३ मा दोलखा जान बस रिजर्भ

नेपाल सम्वत् ११४४, गुँलाथ्वः ७, (२७ साउन, २०८१) आईतबार, बाँपीझ्याला । बनारसी सहयोगी हातहरुको संयोजन र दोलखाली संघ–संस्था, स्थानिय दोलखावासीहरुको सहयोगमा यही २०८१ भाद्र ३ गते काठमाण्डौंदेखि दोलखा जान बस रिजर्भ गरिएको सूचना सार्वजनिक गरिएको छ ।

“हाम्रो संस्कृती, हाम्रो पहिचान” भन्ने मुल नाराका साथ गुँल्ला पर्वमा दोलखामा सहभागी हुन सूचना सार्वजनिक गरिएको हो ।

प्राचिन शहर दोलखामा परापूर्वककालदेखि चल्दै आएको पौराणिक, धामीक तथा साँस्कृतीक महत्व बोकेको हिलेजात्रा गुँल्ला पर्वमा सहभागी हुन स्वयमसेवक, जात्रामा सहभागी कलाकार, अवलोकन गर्न जान लागेको स्थानिय दोलखावासी तथा आन्तरीक, बाह्य पर्यटकहरुको आरामदायी यात्राको लागि सहज बनानउ बनारसी सहयोगी हातको संयोजनमा बस रिजर्भ गरिएको छ भनी संस्थाका अध्यक्ष निरेश श्रेष्ठले बताउनु भयो ।

यसरी गरिएको बस रिजर्भमा दोलखा जानको लागि यही भाद्र १ गतेसम्ममा आफ्नो नाम दर्ता गर्नु हुन पनी अध्यक्ष श्रेष्ठले सम्वन्धीत सवैमा आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

यसैगरी सहयोगी हातहरुको संयोजनमा यसपाली गुँल्ला पर्वमा सहभागी कलाकारहरुको लागि आकर्षका पुरस्कारको समेत व्यवस्था गरिएको सूचना सार्वजनिक गरिएको छ ।

रिजर्भको लागि सम्पर्क व्यक्ती : ९८४१–५१०७७३ दिलीप श्रेष्ठ, ९८४१६८४१४५ बाबाराजा श्रेष्ठ

“हाम्रो गौरव, हाम्रो दोलखा” सहभागी बनौं गुँल्ला पर्व २०८१ मा यही छ बाँपीझ्याला मिडिया र दोलखावासीको तर्फबाट यहाँहरु सवैमा हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार