
नेपाल सम्वत् ११४४, गुँलाथ्वः ५ (२५ साउन, २०८१), शुक्रवार, बाँपीझ्याला । आजबाट नेपाली फिल्म 'नम्बरी सुन' प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर राजु गिरीको निर्देशन रहेको यो फिल्म हलमा लागेको हो। ७० वर्ष अगाडिको कथालाई फिल्मले प्रस्तुत गर्छ।
फिल्ममा लभस्टोरी, कमेडी, सेन्टिमेन्टल सबै कुराको प्याकेजिङ गरिएको निर्देशक गिरीले बताए।
यसमा गौरव पहारी र नम्रता सापकोटा प्रमुख भूमिकामा छन्। साथमा सरोज खनाल, विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।

शिवम अधिकारीको कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा सरोज खाती, सविन खाती, मनोज रिजाल छन्। फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन्। सोलो रिलिजको अवसर पाएको यो फिल्मले हलमा सन्तोषजनक शो पाएको छ।
यो फिल्मले दर्शकलाई आकर्षित गर्नका लागि उपहार योजना समेत ल्याएको छ। 'खल्ती एप' बाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरी ७ जनालाई सुनको मोतीवाला चन्द्रहार प्रदान गरिने प्रस्तुतकर्ता नारायण खातीले बताए।
लक्की– ड्र मार्फत उपहार प्रदान गरिने उनले बताए। हलिउड फिल्म 'बोर्डरल्याण्डस्' पनि लाग्यो शुक्रबारदेखि नेपाली हलमा हलिउड फिल्म 'बोर्डरल्याण्डस्' पनि रिलिज भएको छ। एक्सन, कमेडी र एडभेन्चर जनराको यो फिल्मलाई एली रोथले निर्देशन गरेका हुन्।

यो गियरबक्स सफ्टवेयरद्वारा विकसित भिडिओ गेम श्रृंखलामा आधारित फिल्म हो। यसमा केट ब्लान्चेट, एरियाना ग्रीनब्लाट, हेली बेनेट, ज्याक ब्ल्याक, जेमी ली कर्टिस, जीना गेर्शनको अभिनय छ। फिल्मको बजेट ११० देखि १२० मिलियन डलर रहेको बताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij