Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरमा पसिना : वास्तविकता र यर्थातता के छ ?

दोलखा भीमेश्वरमा पसिना : वास्तविकता र यर्थातता के छ ?

भरत बहादुर श्रेष्ठ
अध्यक्ष, दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिती

२०८१ साल साउन ५ गते दिनको ठिक १ः४७ मिनेट जाँदा विक्षु लग्नमा मंगल ग्रह छैठौ स्थानमा गएर बसेको समयमा भीमेश्वरको शिलाको वायाँ भागबाट पसिना आउन शुरु भएको थियो । यो पसिना आउने क्रम निरन्तर जारि रहि दिनको ठिक ४ः५१ बजे केहि समयको लागि रोकियो र पुनः ४ः०५ बजे शुरु भै ४ः१५ सम्म पसिना आयो र पसिना आउन रोकियो । भीमेश्वरको स्थानिय पुरोहित श्री टिका प्रसाद सापकोटाका अनुसार उक्त समयमा भीमेश्वरमा पसिना आएकोले हिन्दु अधिराज्यमा रहेका जनताहरुमा भय, त्रास, रोगव्याधि, धनजनको व्यापक क्षति हुने देखिन्छ ।

त्यसै गरी सोहि मितिको ९ गते दिनको १२ः४५ बजे देखि दिनको ३ः १३ बजेसम्म पुनः भीमेश्वरको शिलामा सबै तिरबाट सहस्ररुपमा पसिना निस्केको थियो । पुरोहित टिकाप्रसाद सापकोटा र दोलखाका स्थानिय वासिन्दाको भनाई अनुसार यो पसिनाको प्रभाव देश, जनता र राज्यका निकायलाई पर्न सक्ने अनुमान गरिएको छ ।

भीमेश्वरको शिलामा कहिले देखि पसिना आयो भनेर जिज्ञासा लाग्ने गर्दछ । जिज्ञासा लाग्नु स्वभाविक हो । यो विषयमा अध्ययन गर्दा यो भगवानको शिला एक अद्भुत भगवानको यो शिला एक शक्तिशालि अलौकिक शिला हो । त्यसैले यो शिलाको उत्पत्तिकाल देखिनै यो शिलामा पसिना आउने गदर्छ भन्ने अनुमान लगाउन सकिन्छ । भीमेश्वरको यो शिलामा पसिना आयो भने के के हुन्छ त ? जनमानसमा यो जिज्ञासा रहेको हुन्छ । दोलखाको लोक धारणा अनुसार र अहिले सम्मका आँकलन गरिएका घटनाक्रमहरुलाई नजिकबाट नियाल्दा दोलखा भीमेश्वरलाई तीन किसिमले पसिना आउने गर्दछ ।

त्यसै गरी एउटा देश सञ्चालन हुनलाई तीन प्रकारका राज्यका अङ्गहरुको आवश्यकता पर्दछ, जसमा सिमाना तोकिएको भूमि, जनता र शासक । यी तीनै कुराले राज्यलाई प्रभाव पारिरहेको हुन्छ । जसको पूर्व संकेतको रुपमा भीमीमेश्वरमा पसिना आउने गर्दछ । दोलखाको परम्परागत जनश्रुती अनुसार भीमेश्वरको शिलाको दायाँ भागमा पसिना आएमा राष्ट्र प्रमुखलाई, वायाँ भागमा पसिना आएमा राज्य भित्र रहेका जनताको जीउ धन जनलाई र दायाँ–बायाँ सहस्ररुपमा आएमा राज्यका तीनै ओटा अङ्गलाई प्रभाव पार्र्छ भन्ने भनाइ र पुष्ट्याइ रहेको छ ।

हाम्रो शरीरमा पनि केहि रोग लाग्नु भन्द अगाडी केहि न केहि संकेतहरु देखा पर्ने गर्दछ । त्यसलाई हामीले समयमै पहिचान गरेर उपचारमा लाग्यौँ भने रोग समयमा नै निको हुन्छ र त्यो संकेतलाई वास्ता गरेनौ भने जटिलता निम्त्याउन सक्छ र दिर्घ रोगी वा जीवन नै समाप्त हुन सक्छ । हाम्रा पुर्खाहरु कुनै शुभकार्यमा घर बाहिर निस्कदा वा कुनै टाढाको यात्रामा निस्कदा साइत हेरेर दिन बार समय हेरेर यात्रा गर्ने गर्दथे । अहिले हामी त्यो परम्परालाई रुढीवादीको नाम दिएर वास्ता गर्न छाड्यौँ ।

जसले गर्दा कुनै न कुनै वाधा अड्चन वा घटनाहरु भैरहेका हुन्छन हामी त्यसलाई त्यति वास्ता गरिरहेका हुदैनौँ । त्यसलाई भवितव्यको नाममा टारि रहेका हुन्छौँ । प्रकृतिमा कुनै प्राकृतिक प्रकोप हुन लाग्यो भनै कुनै न कुनै जनावर वा वस्तुहरुले संकेत गरि रहेका हुन्छन तर हामी त्यसलाई बुझ्दैनौ र वास्ता गरि रहेका हुदैनौ अनि त्यसबाट हामीले ठूलो क्षति व्यहोरी रहेका हुन्छौ । जस्तै कुनै यात्रामा निस्कदाँ हाम्रो अगाडीबाट कुनै जनावरले वाटो काट्नु, अनौठौ आवजले जनावर चरा चुरुङ्गीहरु कराउनु आदि इत्यादी यसको संकेत हो ।

त्यसै गरी दोलखा भीमेश्वर पनि देश, जनता र शासकको लागि पूर्व सूचकको रुपमा रहेको छ । ंस्थानिय जानकार तथा अग्रजहरूको भनाइ अनुसार भीमेश्वरले कुनै संकट आई पर्न लाग्दा त्यसलाई रोक्नका लागि आफ्नो शक्ति प्रयोग गर्दा संकट टार्न नसके पछि पसिना निकालेर सबै प्राणिहरूलाई सचेत गराउने उद्देश्यले भगवानले पसिना निकालेको हो भन्ने पनि भनाइ रहेको छ । शिलामा पसिना आउन लाग्दा भीमेश्वरको शिला नै अघि पछिको भन्दा भिन्नै कालो र फुस्रो देखिन्छ र पसिना निस्कने क्षेत्रमा चहकिलो काले धब्बा जस्तो देखिन्छ र त्यहाँ बाट विस्तारै पानीको फोका निस्कन्छ ।

यो धेरै ठाउँमा देखिदै जान्छ । केहि थोपा बढ्दै जान्छ केही त्यहि सुक्छ वा अन्य भागमा फैलदै जान्छ । त्यस पछि तान्त्रिक विधिबाट चमर, पङ्खा हम्केर बाजा गाजा, घण्टहरु बजाई पूजा आरधाना गरि तान्त्रिक विधिबाट पूजा अर्चना गरी चोखा कपासले पसिना पुछिन्छ र पहिलो प्रसादलाई दोलखा स्वतन्त्र राज्य हँदाको बखत भीमेश्वरका सञ्चालक पुजारी वा टहलुवाहरूले राजालाई जानकारी गराउने परम्परालाई नै निरन्तरता दिदै एकिरण पश्चात वडाहाकीमबाट केन्द्रिय शासक राजालाई पसिना पुछेको कपास महाप्रसाद भीमेश्वरको शिलामा पसिना आएको जानकारी गराइन्थ्यो र राजाबाट क्षमापूजाको लागि आवश्यक पूजा सामान सहित दरवारबाटै प्रतिनिधि पठाइ शुभ साइतमा क्षेमापूजा हुने गर्ने पसम्पसा रहिआएको र पछि हुँदा हुँदै क्षमापूजाको नामाम जोरबोका मात्र पूजा गर्ने चलन चल्यो ।

तर अहिले पनि जिल्ला प्रशासन मार्फत भीमेश्वरका गुठीयार र समितिका पदाधिकारीहरूबाट भीमेश्वरमा पसिना आएको जानकारी गराउन राष्ट्रप्रमुख राष्ट्रपति समक्ष प्रसाद पु¥याउने परम्परा रहिआएको छ । त्यस पछि आवश्यक सामग्री सहित विधि पूर्वक राष्ट्रपतिबाट संकट मोक्षहोस भनी देश जनता र राज्यको नाममा क्षमा पूजा परम्परा कायम रहि आएकोछ । दोलखा भीमेश्वरको शिलामा पसिना आएको विवरण यस प्ररकारको रहेको छ ।

यो विवरण भीमेश्वर शिलामा पसिना आएको समयमा देख्ने र सुन्ने हाम्रा दोलखा भीमेश्वरका गुठीयारहरूबाट र देखे जान्ने दोलखाका अग्रजहरूबाट थाहा भए सम्मका विवरणलाई दस्तावेजको रुपमा प्रस्तुत गरिएको छ । यसमा थपघट हुदै जाने छ । हालसम्म उपलब्ध विवरण निम्न अनुसार उल्लेख गरिएको छ ।

श्री दोलखा भीमेश्वरमा हालसम्म आएको पसिना आएको विवरण :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार