
नेपाल सम्वत् ११४४, दिल्लागा ११, (१६ साउन २०८१) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखा श्री भीमेश्वरमा यहि श्रावण ५ गते र ९ गते पसिना आएको थियो । राष्ट्रप्रमुख सम्माननिय रामचन्द्र पौडेलबाट सरकारको तर्फबाट यहि ११ गतेको शुभ साइतमा क्षमापूजा सम्पन्न भैसकेको छ ।
यसै गरी आज नेपाल सम्बत ११४४ दिल्लागाः श्रावण कृष्ण पक्ष एकाशी २०८१ श्रावण १६ गते शुभ साइतमा ललितपुर लगनखेल निवासी साहित्यप्रेमी एवं संस्कृतिविद् दिवंगत करुणकर वैद्यका नातिनी युवा समाजसेवी माया वैद्यबाट क्षमा पूजा गरिन्दैछ ।
काठमाडौँ श्री कालभैरवका पूजारी जामना गुभाजु श्री विरनवज्र वज्राचार्यबाट बौद्धतन्त्र विधिअनुसार दोलखा श्री भीमेश्वरमा जगत कल्याणका निमित्त क्षमापूजा गर्नु हुर्दैछ भनी गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो । जय भीमेश्वर सवैको कल्याण होस् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij