
नेपाल सम्वत् ११४४ दिल्लागाः १०, (१५ साउन, २०८१) मंगलबार, बाँपीझ्याला । टाेखा निवासी सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम स्वर्ण अक्षरले लेखेर सम्पूर्ण नेपालीकाे शिर उचाे बनाएका छन् ।
नेपालको ए डिभिजन फुटबलसमेत खेलेका सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’ नाम दर्ता गराउन सफल मात्र नभइ देशको नाम विश्वभर चिनाउन समेत उनी सफल भएका छन् ।
वि.सं. २०८० फागुन ४ गते (१६ फेब्रुअरी २०२४) बर्मिङ्घम, युनाइटेड किंगडममा एउटा खुट्टाले सबै भन्दा धेरै पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएका थिए । उनले एक घण्टामा एउटा खुट्टाले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएकाे हाे । वि.सं. २०५२ असार २५ गते बुबा मनिराज डंगोल र आमा माेहनमाया डंगोलकाे काेखबाट सजन डंगोलकाे जन्म भएकाे थियाे ।
सजन सानैदेखि फुटबलमा लगाव भएकाले विध्यालय अध्यापनकाे क्रममा अन्डर १४ उमेर समुहबाट फुटबल यात्रा सुरू गरेकाे जनाए । साथै टाेखाकाे भगवती क्लब, बालप्रेमी क्लबबाट विभिन्न प्रतियाेगिताहरु खेलेर वि.सं. २०७७-७८-७९ सम्म नेपालकाे मनाङ मर्स्याङ्दि क्लबबाट ए डिभिजन खेलेकाे जानकारी गराए ।
उच्च शिक्षा अध्यापन गर्ने क्रममा बेलायतकाे बर्मिघन सिटी युर्निभरसिटीबाट स्नातकोत्तर तह इन्टरनेशनल बिजनेश अध्ययन कै क्रममा बेलायतकाे बर्मिंघम टाइगर्स, साल्टले स्टालियन्स, एफ.सीभि ग्रेस डियु जस्ता क्लबहरुबाट विदेशी फ्रेचाइज फुटबल लिग खेलेकाे जनाए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij