
नेपाल सम्वत् ११४४ दिल्लाथ्व, १५ (६ साउन, २०८१) आईतबार, बाँपीझ्याला, दोलखा । दोलखा भिमेश्वरमा पसिना आएको औपचारीक खबर पु¥याउन भीमेश्वर गुठी व्यवस्थापन समिती आज राष्ट्रपती कार्यालय शितल निवास जाने भएका छन् ।
दोलखा भीमेश्वरमा हिजो दिउँसो १ः४७ देखि ३ः५१ सम्म निरन्तर र एकछिन पसिना आउने क्रम बन्द भई पुनः ४ः०५ देखि ४ः१५ सम्म पसिना आएको थियो । यसरी पसिना आएपछी उक्त खबर औपचारीक रुपमा राष्ट्र प्रमुखका पू¥याउने परम्परा रही आएकोले आज राष्ट्रपती रामचन्द्र पौडेलेज्यूका खबर पू¥याउन शितल निवास जाने कार्यक्रम रहेको छ भनी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

दोलखा भिमेश्वर भगवानलाई पसिना आउंदा दिक्षा कर्म भएका पुजारीबाट मात्र पसिना पुछ्ने चलन छ । यसरी पसिना पुछेको रुवा र प्रसाद सहित जिल्ला प्रशासन कार्यालय मार्फत राजदरबारमा खबर पठाउने परम्परा रहेको थियो । हाल जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालय मार्फत राष्ट्रपतीको कार्यालयमा गुठीयारहरुले सिधै पु¥याउने गरेका छन् । यसरी खबर पू¥याउने परम्परा अनुसार आज जान लागिएको हो भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

संघिय गणतन्त्र आउनु भन्दा पहिले औपचारीक खबर राजदरबारमा पठाउने चलन थियो । तर अहिले राष्ट्रल प्रमुृखको हैसिएतले राष्ट्रपती कार्यालय शितल निवास पठाउने गरिएको छ । यसरी राष्ट्रपती कार्यालयमा औपचारीक खबर पठाई सकेपछि राष्ट्रपती कार्यालयबाट क्षमा पूजा स्वरुप बोका पूजा पठाउने गरिइएको छ भनी दोलखा भिमेश्वर गुठी व्यवस्थापन समितीका उपाध्यक्ष एंव पूर्व वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij