Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

‘सन अफ सरदार २’ मा यी ‘सेक्रेड गेम्स’ की अभिनेत्रीको प्रवेश

‘सन अफ सरदार २’ मा यी ‘सेक्रेड गेम्स’ की अभिनेत्रीको प्रवेश

नेपाल सम्वत् ११४४ दिल्लाथ्वः १४, (५ साउन, २०८१), शनिबार, बाँपिझ्याला । मुम्बई, अजय देवगन र सञ्जय दत्तको सुपरहिट कमेडी फिल्म ‘सन अफ सरदार’ सन् २०१२ मा रिलिज भएको थियो। अब यसको सिक्वेल बन्न लागेको हो । यस पटक सोनाक्षी सिन्हाको स्थानमा मृणाल ठाकुर देखिनेछिन् ।

अहिले यो फिल्ममा अर्की नायिका पनि प्रवेश गरेकी छन् । उनी चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’सँग जोडिएकी छन् । फिल्मसँग सम्बन्धित एक व्यक्तिले भने– ‘सन अफ सरदार २’ मा अजय देवगन, सञ्जय दत्त र मृणाल ठाकुरसँगै कुब्रा सैत सामेल भएका छन् । उनको भूमिकाको बारेमा अहिलेसम्म केही खुलाइएको छैन, तर फिल्ममा उनले रोचक भूमिका निर्वाह गर्ने बताइएको छ ।

कुब्ब्रा सैतसँग फिल्मको छायाङ्कन अर्को महिनाबाट सुरु हुँदैछ । यसको ठुलो हिस्सा विदेशमा छायाङ्कन हुनेछ । यो चलचित्रलाई विजय अरोराले निर्देशन गर्दैछन् । यसको रिलिज मिति भने तय भएको छैन । तर अर्को वर्ष दीपावलीमा रिलिज हुन सक्ने बताइएको छ ।

फिल्ममा सञ्जय दत्त र अजय देवगन फेरि बिल्लु र जस्सीको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार चर्चित अभिनेता सनी देओल पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार