Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

कलाकार दिप श्रेष्ठको भगवान शिवजीको रुप धारण गरेको फोटो सार्वजनिक

कलाकार दिप श्रेष्ठको भगवान शिवजीको रुप धारण गरेको फोटो सार्वजनिक

दोलखा जिल्ला भिमेश्वर नगरपालीका वडा नं. २ दुङ्गल टोलमा बा हर्षबहादुर श्रेष्ठ आमा कृष्ण लक्ष्मी श्रेष्ठको कोखबाट वि.सं. २०३२ साल चैत्र १६ गते जन्मनु भएका कान्छा छोरा दिपनारायण श्रेष्ठ हुन । कक्षा १ देखि ५ कक्षासम्म कोर्छेटोल स्थित राजकुलेश्वर प्राथमिक विद्यालयमा अध्ययन पुरा गरी वि.सं. २०४५ सालमा पाखलती सुन्टोपर स्थित कक्षा ६ देखि भीम माध्यमिक विद्यालयमा अध्ययन गरी वि.सं. २०४९ सालमा एस.एल.सि. पास गनु भएको हो ।

आमा र बुबाको साथमा दिप श्रेष्ठ

बुबा र आमाको प्यारो कान्छा छोरा दिपनारायण श्रेष्ठ, श्रेष्ठको जेठी दिदी नारायण लक्ष्मी श्रेष्ठ, माईली दिदी कृष्णदेवी जोशी, साईली दिदी आशामैयाँ श्रेष्ठ कर्माचार्य र कान्छी दिदी मुना श्रेष्ठ हुन । यसै गरी जेठा दाई रामबहादुर श्रेष्ठ, माईला दाई हरिनारायण श्रेष्ठ, साईला दाई लेखनाथ श्रेष्ठ हुन् ।

यसरी सवैभन्दा आफु कान्छा भएको र मायाँ ममता पाएकोले आफु अध्ययन संग संगै कलाकारीता क्षेत्रमा वि.सं. २०५०–०५१ सालतिर नै प्रवेश गरेको भएपनी अध्ययनको कारण निरन्तरता दिन नसकेको स्मरण गर्नु हुन्छ ।

सरस्वती क्याम्पसबाट व्यवस्थापन विषयमा स्तानकसम्म अध्ययन पुरा गरिसक्नु भएका दिपनारायण श्रेष्ठ वि.सं. २०५८ सालमा भक्तपुर नगरकोट निवासी संगिता शाहासँग बैबाहिक सम्वन्धमा गाँसिन्नु भएका दिप श्रेष्ठका एक छोरी दिपशिका श्रेष्ठ छिन् ।

वि.सं. २०७७ सालमा बनारसी सहयोगी हातहरुका अध्यक्ष हुनु भएका दिप श्रेष्ठ युवा समाजसेवी मात्र नभएर पछील्लो चरणमा पुनः कलाकारीता क्षेत्रमा प्रवेश गर्नु भएको छ । वि.सं. २०७८ सालमा नेपाली टेलि फिल्म पहेलो सिन्धुरबाट प्रवेश गर्नु भएको दिप श्रेष्ठ अहिलेसम्ममा शिला, ओजस्वी, यो कस्तो सम्वन्ध, ¥यान्को ठ्याङ, मखमली, मझेरी, देउरानी, लुकेको कथा, रिटाएर हवल्दार –२, उपद्रो, हस्यौली, रक्षक, सन्ध्या, ठुले, भाविको लेखान्त, गोठालो, सौतेनी आमा, भद्रगोल, हल्का रमाईलो र हलीमा अभिनय गर्नु भएको छ । यसमध्ये उहाँको चर्चित टेलि फिल्म हल्का रमाईलो, भद्रगोल, सौतेनी आमा, गोठालो र ठुले रहेका छन् ।
दुई दर्जनभन्दा बढी टेलिफिल्ममा अभिनय गरि सक्नु भएका दिप श्रेष्ठको पछिल्लो चरणको नेपाली फिल्म बरबधु, १२ गाउँ, ह्रसो दिर्घ र काचो माटो रहेको बताउनु भयो ।

यसै गरी दिवंगत बुबा हर्षबहादुर श्रेष्ठ कलाकारीता क्षेत्रमा लाग्नु भई त्यसताका चर्चित कलाकार भएकोले आफु पनी उहाँकै रगत भएकोले कलाकारीता क्षेत्रमा प्रवेश गरेको बताउनु हुन्छ । पछिल्लो चरणमा बन्न लागेको म्युजिक भिडियो “देश बचाउ” मा आफुले पनी अभिनय गर्न लागेको र उक्त म्युजिक भिडियोको लागि शिवजीको रुप धारण गर्नु पर्ने अभिनय रहेकोले अहिले सामाजिक सञ्जालमा शिवजीको रुप धारण गरेको फोटो सार्वजनिक गरेको बताउनु हुन्छ ।

यसै गरी आगामी दिनमा आउने नेपाली चलचित्र सौतेनी आमा, गोठालो, काँचो माटो, बाह्र गाउँ र ह्रस्वदिर्घमा अभिनय गरिरहेको भनाई रहेको छ । साथै टेलिफिल्महरु सम्पादनको कार्यपनी आफैले शुरु गर्दै गरेको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार