
नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ८, (२९ असार, २०८१) आइतबार, बाँपिझ्याला । समाजसेवी सकुना श्रेष्ठ मलेकुको गायनमा रहेको १२ वटा अडियो गित युव ट्युवबाट सार्वजनिक गरिएको छ । भक्तजन महानुभाव र संगीत प्रेमीहरुको महानुभावहरुको मनोरञ्जनको लागी उहाँले विभिन्न समयमा सार्वजनिक गर्नु भएको अडियो, भिडियो गितहरुलाई एक ठाउँमा समावेश गरि अडियो बक्स सार्वजनिक गरिएको गायीका समाजसेवी सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।

सार्वजनिक गरिएको जुकी बक्समा दोलखा बजारमा, तिमी विना मेरो, कति सहन्छौं, ऊ नमः निवाय, राम राम, जन्मघर दोलखा, माईतीको आगन, तिजको लहर, रानी झै घमक्क, श्यामसुन्दर, दोलखा भिमेश्वर र विध्येश्वर प्रभु रहेको छ ।
जन्मघर दोलखा भई कर्मघर ललितपुर पुल्चोक रहेकी समाजसेवी सकुना श्रेष्ठ मलेकु पछिल्लो समयमा गायन क्षेत्रमा अगाडी बढ्नु भएको छ । समाजसेवालाई आफ्नो मार्गदर्शन सम्झनु हुने गायिका श्रेष्ठ मलेकुले आफु गायन क्षेत्रमा प्रवेश गरेदेखि छुट्टै अनुभूती, अनुभव र आनन्द हासिल गरेको बताउनु हुन्छ ।

यसरी सार्वजनिक गरिएको सकुना श्रेष्ठ मलेकुको अडियो जुकी बक्समा गएर गित सुनी, सस्क्राईभ, लाईक गरी दिनु हुन सम्पूर्ण संगीत प्रेमी एवं शुभचिन्तक महानुभावहरुमा अनुरोध एवं आग्रह गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij