
नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ४, चौथी (२६ असार, २०८१), बुधबार, बाँपिझ्याला । बलिउड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरि विवादमा परेकी छन् । ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले फेरि बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् ।
ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ ।

ज्याक्लिन पुर्वप्रेमी समेत रहेको बताइने सुकेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक इडीले बयान लिएको छ । यस अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij