
नेपाल सम्वत् ११४४, तछलागाः १५.९ आमसी, (२१ असार, २०८१) शुक्रबार, बाँपिझ्याला । मोडल हन्ट ‘फेस अफ नेपाल’ को अडिसन यस वर्षदेखि देशव्यापी हुने भएको छ । देशका सातै प्रदेशका प्रमुख सहरमा प्रतियोगिताका लागि अडिसन हुने आयोजक एमएस प्रोडक्सन नेपालले जनाएको छ ।
सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट एमएस प्रोडक्सनले आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो मोडल हन्ट प्रतियोगितामा महिला र पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा १८ वर्षमाथिका ५ फिट ८ इञ्च भन्दा अग्ला पुरुष तथा ५ फिट ५ इञ्चभन्दा माथि उचाइका महिला सहभागी हुनसक्नेछन् ।
प्रतियोगिताका लागि खल्ती एप तथा वेबसाइटबाट आवेदन फारम भर्न सकिने छ । छनोट प्रक्रियापछि प्रतियोगीहरुलाई १५ दिनको तालिम दिइनेछ । फिनालेमा जजको मूल्यांकन र भोटिङबाट तीन जना विजेता घोषित हुनेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले काठमाडौंमा गरिने छ ।

प्रतियोगिताका विजेताले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागिता जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा एसियाली मुलुककका २७ भन्दा बढी प्रतिस्पर्धीले भाग लिने जनाइएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij