
११४४ तछलागाः ३.९, सोमबार (१० अषाढ, २०८१) बाँपिझ्याला । दक्षिण भारतीय निर्देशक एट्लीले बलिउड बादशाह शाहरुख खानलाई लिएर फिल्म “जवान” बाट बलिउडमा डेब्यु गरे । उनी निर्देशित यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्यो । फिल्मले उठाएका मुद्दालाई लिएर पनि समीक्षक र दर्शकले प्रशंसा गरे ।
एट्ली अब इतिहासमै पहिलोपटक दुई सुपरस्टार जोडीलाई एकसाथ काम गराउने तयारीमा छन् । स्रोतलाई उद्धृत गर्दै भारतीय मिडिया बलिउड हंगामाले दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र बलिउड सुपरस्टार सलमान खानले एट्लीको फिल्ममा काम गर्ने योजना बनिरहेको जनाएको छ ।

‘सबैकुरा ठीक भए भारतीय सिनेमा सबैभन्दा ठूलो फिल्म हुनेछ, जसले सलमान खान र रजनीकान्तलाई एकसाथ ल्याउनेछ,’ बलिउड हंगामाले उल्लेख गरेको छ ।
रजनीकान्त, सलमान खान र एट्लीबीच अर्को महिना मिटिङ हुने जनाइएको छ । नाम तय भइनसकेको यो फिल्मलाई सन पिक्चर्सले निर्माण गर्नेछ । फिल्म सन् २०२४ को अन्त्यसम्ममा छायांकनमा लैजाने एट्लीको तयारी छ ।
सलमान हाल ‘सिकन्दर’को छायांकनमा व्यस्त छन् भने रजनीकान्त ‘कुली’मा काम गर्दैछन् । यी दुवै फिल्मको काम सकिएपछि एट्लीले आफ्नो फिल्म सुरु गर्ने योजना बनाएका छन् ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij