


२४ बैशाख, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया भेटी संकलन भएको छ । यही बैशाख १ गतेदेखि २४ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।
यसरी भेटी संकलन भएको रकम सार्वजनिक गर्नु भन्दा पहिले व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष भरत बहादुर श्रेष्ठ, उपाध्यक्ष विराजमान श्रेष्ठ, सचिव राजेन्द्रनारायण श्रेष्ठ, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।

यसै गरी नेपाली शेना गरुड दलको तर्फबाट विनोद थापा मगर, तेजबहादुर थापा मगर, रञ्जित थापा मगर र महेश चौधरीको रोहवरमा भेटी संकलन भएका सहयोग रकम गणना गरि सार्वजनिक गरिएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
संकलन भएको सहयोग रकम सार्वजनिक गर्दा उपस्थीत पदाधिकारी तथा सदस्यहरु र रोहवर प्रतिनिधीहरुले संयुक्त दस्तखत गरी सार्वजनिक गरिएको छ ।





केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij