
९ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’ को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई चलचित्रको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिए । उनीहरूको स्क्रिप्ट तयार भइसकेको छ ।
हालै हैदराबादमा आयोजित फिल्म ‘रुस्लान’ को प्रमोशनल कार्यक्रममा निर्माता राधामोहनले यस्तो बताएका हुन् । यी दुवै फिल्मको स्क्रिप्ट राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेको राधामोहनले बताए ।

निर्माताले भने, ‘लेखक विजयेन्द्र प्रसादले मेरो लागि दुईवटा कथा लेखेका छन् । एउटा ‘विक्रमकुडु–२’ हो, जसको हिन्दी सिक्वेल ‘राउडी राठौर–२’ नामबाट बन्नेछ । यसको कथा तयार छ र हामी छिट्टै यसको कास्टिङको काम सुरु गर्नेछौं, यस अवसरमा उनीसँगै लेखक विजयेन्द्र प्रसाद पनि उपस्थित थिए ।
‘बजरंगी भाइजान’ को सिक्वेलको बारेमा कुरा गर्दै राधामोहनले यो फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने बताए ।
यसअघि २०२१ मा फिल्म ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा सलमानले ‘बजरंगी भाइजान’ को सिक्वेल बन्न लागेको कुरा पुष्टि गरेका थिए । २०२३ मा बलिउड हंगामाले एक रिपोर्टमा यो फिल्ममा पूजा हेगडे मुख्य भूमिकामा देखिने दाबी गरेको थियो । फिल्मको शीर्षक ‘पवनपुत्र भाईजान’ रहनेछ ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij