
बाँपीझ्याला, दोलखा । सहकालको देवताको नामले प्राचिन शहर दोलखाको साक्षात प्रख्यात रातो मच्छिन्द्रनाथको जात्रा यसपाली बैशाख ११ गतेदेखि शुरु हुर्दैछ । दोलखा र ललितपुरमा रातो मच्छिन्द्रनाथका रथजात्रा तानेर मान्ने चलन रहेको छ भने काठमाण्डौंमा सेतो मच्छिन्द्रनाथको रथजात्रा तानेर मान्ने चलन रहेको छ ।




यसरी दोलखामा बैशाख ११ गते दुधमा स्नान, १२ गते भीमेश्वर नगरपालीका वडा नं. २ ड्वाकुलुङाबाट वडा नं.२ स्थित पिङ्गल टोलमा रथमा हाल्ने, १३ गते पिङ्गल टोलबाट नक्छे टोलमा तान्ने, १४ गते नक्छे टोलबाट श्यामसुन्दर टोलमा तान्ने, १५ गते श्यामसुन्दर टोलबाट टँसिचा टोलमा तान्ने, १६ गते टँसिचाटोलबाट रास्नीको ६० डिग्रीको उकालो हुर्दै माथिल्लो टोलमा तान्ने, यसदिनलाई विशेष आकर्षण दिनको रुपमा लिने गरेको पाईन्छ । यसै गरी १७ गते माथिल्लो टोलबाट दुङ्गल टोलमा तान्ने, १८ गते दुङ्गल टोलबाट पिङ्गल टोलमा तान्ने र १९ गते पिङ्गलटोलबाट फेरी डोकलुङ्गा टोलमा रथमा राखी भि¥याईने छ ।
२०५५ सालदेखि दोलखाको स्थानिय संस्था कालिञ्चोक युवा क्लवका अध्यक्ष प्रकाश श्रेष्ठको कार्यकालदेखि निबर्तमान अध्यक्ष गोपाल प्रधान र बर्तमान अध्यक्ष निरेन्द्र मास्के हुर्दै २०७६ सालसम्म क्लवको संयोजन र दोलखावासी, वडाको सहयोगमा जात्रा सम्पन्न गर्दै आएको हो ।
यसपाली स्थानिय निकायको तर्फबाट भीमेश्वर नगरपालीका वडा नं.–२, स्थानिय संस्था कालिञ्चोक युवा क्लव र अन्य संघ–संस्थाहरुको सहभागीता, दोलखावासीको सहयोगमा रथजात्रा सम्पन्न गर्ने जानकारी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ र कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले बताउनु भयो ।


यसै गरी वडाध्यक्ष स्टालिन श्रेष्ठले यही चैत्र २३ गते शुरु हुन गईरहेको रातो मच्छिन्द्रनाथको रथजात्रामा दोलखावासी र दोलखाको तर्फबाट सम्पूर्ण दोलखा जिल्लावासी र भक्तजन नेपाली दाजुभाई, दिदीबहीनीहरुलाई सहभागी हुन आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
यसै गरी बैशाख १५ गते दोलखा जानको लागि सजिलो बनाउनको लागि दोलखाका सामाजिक संघ–संस्थाको सक्रियतामा काठमाण्डौंबाट दोलखासम्म बस रिजर्भ गरिएको छ । जसमा संलग्न संस्थाहरु कालिञ्चोक युवा क्लव, द्वाल्खा गुठी, बनारसी सहयोगी हातहरु र द्वाल्खा म्यासमुचा संयोजन रहेको छ भनी क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले बताउनु भयो । सोही अनुसार दोलखा जानु हुने महानुभावहरुले सम्पर्क गर्नु हुन पनी आग्रह गर्नु भएको छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij