
२४ चैत्र, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ स्थित प्राचिन शहर दोलखामा अवस्थित साक्षात भगवान भिमेश्वर मन्दिरमा भक्तजन महानुभावहरुको घँुईचो लागेको छ । विशेष गरी हप्ताको तिन दिन शुक्रवार, शनिवार र मंगलबार दोलखा भीमेश्वरमा आन्तरीक तथा बाह्य पर्यटक तथा भक्तजन महानुभावहरुको घँईचो लाग्ने गरेको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनु भयो ।


विशेष गरी दोलखा भीमेश्वर दर्शनको लागि उपत्यकाका तिन शहर काठमाण्डौं, ललितपुर र भक्तपुरबाट आउने गरेको पाईनुका साथै छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोक, धादिङ लगायत अन्य जिल्लाहरुबाट आउने गरेको पाईन्छ ।

यसरी शनिवार लगायत अन्य विदाको समयमा दोलखा भिमेश्वरमा रुदी गर्ने, बलिपूजा गर्ने र दर्शन गर्ने भक्तजनहरुको घँुईचो लाग्ने गरेकोले वहाँहरुलाई दर्शन गर्न छिटो छरितो र सजिलो होस् भन्ने अभिप्रायःले भीमेश्वर परिसरमा अवस्थिती सुरक्षा निकायबाट खटिएका सुरक्षाकर्मीहरु र पूजारीहरुको सहयोगमा भक्तजनलाई लाईनमा राखी जति सक्दो छिटो दर्शनको व्यवस्था मिलाईएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यस कार्यमा दर्शन गर्नको लागि दोलखा भीमेश्वर आउनु भएका भक्तजन महानुभावहरु पनी आ–आफ्नो पालो पर्खि दर्शन गर्नु पर्ने आवश्यकता रहेको उहाँको भनाई रहेको छ ।

काठमाण्डौं उपत्यकाबाट १३० किलो मिटर पूर्वमा रहेको नेपालको छोटो धुरीको गन्तव्य दोलखा जिल्लामा अवस्थित दोलखा भिमेश्वरको आफ्नै छुट्टै महत्व, महत्व र विशेषता रहेको छ । यसरी आफ्नै धार्मीक महत्व, महिमा र विशेषता रहनुका साथै मनको ईच्छा पुराहुने जनविश्वास रहेकोले भक्तजन महानुभावहरुको घुँईचो दिन प्रतिदिन बढेको पाईएको छ ।

दोलखा भीमेश्वर दर्शन गर्नुका साथै दोलखा शहरको पुर्वमा त्रिपुरासुन्दरी मन्दिर रहेको छ । जुन मन्दिर दोलखाको ऐतिहासिक रुपमारेखामा उल्लेख भएअनुसार तिन दिदीबहीनी मध्ये जेठी दिदीको नामले प्रख्यात रहेको पाईन्छ । यसै गरी माईली बालकुमारी र तेस्रो कान्छी कालिञ्चोक भगवती रहेको छ । जसको बारेमा बिस्तृत विश्लेषण हामीले आगामी दिनमा यसै पत्रिका मार्फत यहाँहरुको लागि ल्याउने छौं ।
यसै यस त्रिपुरा सुन्दरी मन्दिरको परिसर नजिक रहेको चम्पूजा पार्कबाट शिव र पार्वतीको आराध्यदेवको नामले ख्याती प्राप्त हिमाल गौरीशंकर हिमालको दृश्य सजिलै हेर्न सकिन्छ । त्यसै गरी दक्षिणमा तामाकोशी नदि जुन आफ्नै ताल र सुरमा बगीरहेको दृश्यले थप मनोरम प्रदान गरेको छ ।
यसै गरी भीमेश्वर मन्दिरको उत्तरमा अवस्थित धार्मीक पर्यटकिय स्थल मञ्जुश्रीको मन्दिर र पार्कले थप आकर्षण रहेको पाईन्छ । यसरी दोलखा शहरभरी आ–आफ्नै महत्व र महिमा रहेको धार्मीक मठ–मन्दिर, सम्पदा र ढुंगेधाराहरु अनी प्राकृतिक दृश्यले सु–सजित पार्कहरुले थप आकर्षण रहनुका साथै छोटो धुरीको महत्वपूर्ण गन्तव्यको रुपमा दोलखा विकास भएर गएको छ ।


यसै गरी दोलखा अनी दोलखा भिमेश्वरको उत्तरमा धार्मीक, पर्यटकिय तिर्थस्थल कालिञ्चोक भगवती दोलखा जिल्लाको अर्को महत्वपूर्ण गन्तव्य स्थल रहेको छ । जुन गन्तव्य पुग्न सदरमुकाम चरिकोटबाट ३ घण्टाको अन्तरालमा कालिञ्चोक मन्दिरको वासस्थान कुरी सजिलै पुग्न सकिन्छ । यसपछी कालिञ्चोक केवुल कारले सरर कालिञ्चोक मन्दिर पू¥याउछ ।

यसै गरी सदरमुकाम चरिकोट नजिक रहेको पछिलो चरणमा चर्चामा आएको महांकाल भगवतीको मन्दिर अर्को महत्वपूर्ण रहेको पाईन्छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij